बागमती प्रदेश। काठमाडौ स्थित नागार्जुन नगरपालिकाको नगरकार्यपालिकाको कार्यलाई हरिसिद्धी सितापाईलामा छैटौ नगर सभा भब्यताका साथ सम्पन्न भएको छ।
नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतको सभापतित्व तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा विभिन्न पार्टीका नेताहरु, राजनितिकर्मिहरु, बुद्धिजीवी,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,समाजसेवी, स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
शुक्रबार सम्पन्न छैठौं नगरसभामाका क्रममा नागार्जुन नगरपालिकाले आगामी वर्षका लागि दुई अर्ब, २१ करोड तीन लाख, ८० हजार रूपियाँको बजेट नगर सभामा पेश गरेको छ भने नगरपालिकाको चालु खर्चका लागि ५१ करोड, १४ लाख, दश हजार र पुँजीगत खर्च एक अर्ब, ६९ करोड ८९ लाख ७० हजार रहेको नगर उपप्रमुख सुशीला अधिकारीले बताएकी थिईन। नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख मोहन बहादुर बस्नेत बस्नेतले नगरपाकिालाई समृद्ध बनाउने गरी बजेट कार्यान्वयन हुने बताए ।
श्रीलंकाको जस्तै हालत हुन सक्ने जोड दिदै सबैले सहमति गरेर अगाडि बढ्नु पर्ने बताएका थिए। उनले राष्ट्र ,राष्ट्रियता र नेपालीपन रहेन भने देशमा समस्या आउने तथा राष्ट्रिय सहमति भएन भने देश दुर्घटनामा जान सक्ने अवस्था हुने बताएका थिए।बजेट दिँदा बोर्ड बैठकले पारित गरेर मात्र दिने भएकाले यसमा शंका नगर्न स्पष्ट पारेका थिए।त्यसैगरी नगरपालिका लाई समृद्ध र नमुनाको रुपमा स्थापित गराउन अघि बढेको बताउदै आफूले गरेको कसैले प्रमाणित गर्न सके आफुले राजनीतिबाट विदा लिने घोषणा समेत गरेका थिए ।
नागार्जुन नगरपालिका कुनै पार्टि दल र ब्यक्तिको नभई समग्र नगरबासीको भएको हुँदा सबैका सुझाव सल्लाह र आईडियालाई कार्यन्वयन गरि समृद्ध र समुन्नत नगरपालिका निर्माण गर्न सबै मिली अघि बढ्न आह्वान समेत गरेका थिए।
कार्यक्रममा आफ्ना भनाई राख्दै पूर्वमन्त्री सुरेश मल्लले “हाम्रो नागार्जुन राम्रो नागार्जुन” भन्ने वाक्यांशलाई लिएर हिंड्न सुझाव दिएका थिए। पूर्वमन्त्री विक्रम बहादुर थापाले राष्ट्रिय एकता दिवस पौष २७ मा नागार्जुन नगरपालिका अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णयमा खुशी व्यक्त गर्दै नैतिक संस्कृत शिक्षामा जोड दिने कुरा यस नीति ,बजेट तथा कार्यक्रममा समावेश गरिएकोमा खुशी व्यक्त गरेका थिए भने वक्ताहरुले नीति तथा कार्यक्रम नगरपालिकाको विकासको लागि कोशेढुङ्गा सावित हओस भन्ने शुभकामना ब्यक्त गर्दै डिजिटल प्रविधिको विकास हओस भन्ने बिचार राखेका थिए। त्यसैगरी नगरपालिकाले समृद्ध नगरपालिकाको रुपमा स्थापना गर्न शिक्षा स्वास्थ खेलकुद पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखी कृषि तथा उत्पादनमा विशेष भुमिका खेल्ने भएको छ।
मल को अभावमा कृषक मारमा परेको अवस्थामा कुहिने फोहोरबाट कम्पोष्ट मल बनाइ नगरपालिका भित्र र बाहिर अन्य पालिका वा जिल्लामा समेत सहकारी र निजी क्षेत्र मार्फत विक्री वितरण गर्ने नीति बनाएको बताएका छन। नगरपालिकाको आन्तरिक राजश्व बढाउँदै जाने, सकारात्मक सोच सहित नगरबासीको सन्तुष्टिको अभिबृद्धिका लागि विभिन्न उमेर समूह अनुसार खेलकुद, पार्क, मनोरञ्जन स्थल, योग मेडिटेशन स्थल, धार्मिक तथा तिर्थस्थलको विकास र विस्तार गर्ने, कृषि उत्पादकत्वमा वृद्धि र उद्यमशिलता प्रवर्धन गर्ने नीति बनाएको छ ।
नगरपालिकाले भूउपभोग सम्बन्धि प्रचलित नीति तथा कानुनको अधिनमा रहि भूमी वर्गिकरण र भूउपभोग योजना तर्जुमा गर्ने, विशेष पकेट क्षेत्रको पहिचान गरी सामूहिक रुपमा कृषि उत्पादन गरी सहकारी र नीजी क्षेत्र मार्फत विक्री वितरण गर्ने नीति नगरपालिकाले बनाएको छ । रोजगारीको अवसर बढाउन प्राथमिकता पहिचान गरी सहजिकरण गर्ने, नगरबासीमा उत्तरदायी र जवाफदेहि सरकारको अनुभूति दिलाउने नीति नागार्जुन नगरपालिकाले बनाएको छ ।
निम्न आय भएका परिवारको पहिचान गरी आधुनिक कृषि औजार वीउविजन वितरण गर्ने, भूउपयोग योजना अनुसार भूमीको वर्गिकरण गर्ने नीति बनाएको नगरपालिकाले जनाएको छ । नगरसभामा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नगरपालिका स्थानीय सरकार भएकाले नगरपालिकाले स्थानीय सरकारको अनुभूति दिने गरी काम गर्नुपर्ने बताए । नगरपालिकाले विनियोजन विधयेक सभामा पेश गरेको छ ।
नगरपालिकाले पुस २७ गते राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीका दिन बिदा दिने सर्वसम्मत निर्णय गरिएको नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई नगर प्रमुख मोहन बहादुर बस्नेत हात बाट मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रमको सहजीकरण नागार्जुन नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रबक्ता महेश रिमालले गरेका थिए।