वसन्त राज सुब्बा
झापा: गएको फागुन १७ गते प्रदेश एकको नाम कोशी प्रदेस राखेपछी त्यसविरुद्ध विभिन्न बन्दहर्ताल, धडपकड, बिरोध जुलुश जस्ता गतिबिधी प्रदेश एकका चौध जिल्लाहरुमै नियमित भैरहेको छ।
गत: चैत ५ गते प्रदेश एकको राजधानी बिराटनगर स्थित संसद भवन अगाडि बिशाल जुलुश निकालिएको थियो भने केही ठाँउमा झडप पनि भएको थियो।
हिजो ७ गते माओवादीद्वारा प्रदेश एकमा दुईपल्ट अर्थमन्त्री भैसकेका मौसम आङ्बो लिम्बुलाई कोशी नाम राखेको विरुद्ध गठित प्रदेश एक पुन:नामाकरण संयुक्त संघर्ष समितीका टोलिहरु ताप्लेजुङ जादै आङ्बोलाई लखेटेका थिए।
आज चैत ८गते फेरी झापा कमल गाउँपालीकको वडा न.३ स्थित केर्खा बाजरमा इन्द्र आङ्बो मौसमको घरमा कालो झण्डा गाडी कडारुपमा नारा जुलुस लगाएका थिए ।
केर्खा प्रहरी चौकीबाट प्रहरी आएपनी शान्तिपुर्ण रुपमा कार्यक्रम सकिएको थियो। सोही बिहान ९ बजे दमक नगरपालिका वडा न.७ पशुहाट कार्यलयमा तालाबन्दी सहित कालो झण्डा लगाएको थियो।