अर्घाखाँची ।
क्यान्सर पीडित मधु बि.क. लाई अर्घाखाँची प्रवासी समाज बहराइनले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका ९ ढिकुरा निवासी १९ बर्षिय मधु बि.क.को घाटिमा क्यान्सर भएको कारण उपचार को लागि घर परिवारले आर्थिक सहयोग को अपिल गरेको थियो ।
" एक जुट हौं , समाजका लागि केही गरौं " भन्ने मुल नारालाई आत्मसात गर्दै रमेश बि.क.को संम्योजकमा बीस हजार एक सय छ (२०१०६) रकम संकलन गरि क्यान्सर पीडित मधु बि.क. को निवास मा पुगि लक्ष्मण बिस्वकर्मा ले हस्तान्तरण गरेका हुन ।
पीडित परिवार ले सहयोगी अर्घाखाँची प्रवासि समाज बहराईन , रामु खनाल , शिव थापा मगर, कमल घिमिरे ,अनमोल राक्से मगर , केशव खनाल , रमेश बिक, बिचोन थापा, गोपाल छेत्री , युवराज केसी , भुपाल खनाल र धन बहादुर बस्नेत लाई धन्यवाद सेमत व्यक्त गरेको थियो ।