अर्घाखाँची मालारानीको बाँगी भण्डारमा कुलपुजा अर्थात देवाली आइतबार देखी सुरु भएको छ । कुल धर्म संस्कार र परम्पराको सम्मानमा कुवर परिवारको कुल पुजा सुरु भएको हो ।
कुँवर परिवारले एकादशी देखी महत्वका साथ गर्ने कुलपुजामा संसार भरि छरिएका दाजुभाई, दिदि बहिनीहरु उपस्थित भएका छ्न ।
कुलपुजाको विशेष महत्व झल्किने गरि कुलपुजा भव्य र पराम्परागत रुपमा गर्ने गर्छन् । दुई वर्ष छोडेर तेस्रो मङ्सिरमा पुजा गर्ने गर्छन् ।
कुल पुजामा कुँवर परिवारको १५० घरधुरी पुग्ने अनुमान गरिएको छ । अहिलेको कुल पुजामा ४,५ जना नयाँ युवामा (झाँक्री ) देउता उत्रिएको छ ।
लामो समयदेखि भेटघाट नभएका दाजुभाइ बिच यो कुलपुजाले भेटघाट गराउदै एकअर्को बिच आत्मीयता बढाउने काम गरेको यहाँ उपस्थित स्थानियले बताए ।