
सुरेशकुमार पान्डे (दाङ) -हाम्रो समाजमा कुरितीहरूले गर्दा त्यही औपचारिकता पुरागर्ने शन्दर्भमा हामिले आफ्नो जिम्मेदारी र कर्तव्य भुल्दैगएका हुन्छौँ।
वास्तवमा समाजभित्र एउटा के भ्रम छ भने जतिसुकै पाप गरेपनि औपचारीक्ता पुरा गरे त्यो सबै पखालिन्छ।
एउटा छोराले आँमा र बालाई बृद्धावस्थामा रेखदेख गर्दैन र औषधी उपचार गर्दैन उनिहरूलाई समाजमा ठक्कर खान बाध्य गराइन्छ। कसै कसैले बृद्धाश्रममा राखेर आफ्नो कर्तव्य बाट भाग्छन् तिनिहरूले पनि आँमा र बाबाको शेषपछि धुमधामले काजकृया गर्छन्। के त्यती गरेपछि छोराको ककर्तव्य पुरा भयो? निश्चित रूपमा हुँदैन।यही ढोङले गर्दा आज हाम्रो समाजमा बृद्धाहरूको अबस्था दयनिय छ।
पुरोहितहरूले त्यसैको फाइदा उठाएर तेरा बा आँमालाई स्वर्गमा पठाउँन तैंले यो यो कार्य नगरि हुँदैन भनेर धन ऐंठने प्रकृया फैलिंदै आएको छ।
जसलाई हामिले चितामा सुतायौं र खरानी पार्यौ उस्लाई हजूरले दिएको खाट के काम आउला? सुन र चाँदी भूमी के काम आउला?यो निश्चित रूपमा समाजलाई भ्रमदिने पुरोहितहरूको एउटा षड्यन्त्र नै हो।बरू हामिले आ आफ्ना बालबालिकालाई त्यो षड्यन्त्र बाट मुक्त गर्नुपर्छ।
हामि सबैलाई थाहा भयकै कुरा हो मानिस जन्मिएपछि अनिवार्य मर्छौँ।मरिसकेपछि घाटमा लगेर हाम्रो भौतिक सरिर खरानी हुन्छ।जब कुनै सरिर खरानी हुन्छ त्यो सरिर कसोगरी स्वर्गमा जान्छ?
स्वर्ग र नर्क भनेको त यही धर्तिमा हुन्छ।जिवनभरी सु:ख सँग बित्यो भने त्यही स्वर्गहो।बरू मानिसले अपनाएको राम्रो बिचारले उस्लाई सामाजिक स्वर्गमा पुराएको हुन्छ।हामिले राम्रो कार्य गर्यौ भने हामि मरेर पनि समाजमा जिवित नै रहने छौँ।
मेरो बिचारमा सन्तानको कर्तव्य आफ्नो अबिभावकको बाचुञ्जेल सम्म रेखदेख गर्ने औषधी उपचार गर्ने गर्नुपर्दछ।छोरा छोरीलाई आमा र बाबाले जन्माए र यो चराचर जगतमा ल्याए त्यो मात्रै होइन उनिहरूले पालन पोषण गरे त्यसकारण उनिहरूको छोरा छोरी सधै रिणी हुन्छन।तर त्यो रिण उनिहरू बृद्धावस्थामा आएपछि उनिहरूको स्यार सुसार गरेर औषधी उपचार गरेर मात्र तिर्न सकिन्छ।जव छोरा छोरी असाह्य हुन्छन त्यो वेला बा-आमाले सहयोग गर्ने गर्छन त्यही प्रकारले बा-आमा असाह्य हुँनेवेला छोरा छोरीले सहयोग गर्ने कर्तव्य हुन्छ।
उनिहरू मरिसकेपछी दान र पुन्य गरेर देखावटी रूपमा आज पुजा लगाएर अनावस्यक खर्च गरेर कुनै कुराको समाधान हुँंदैन।यो एक प्रकारको सामाजिक कुरिती र कुसंस्कार नै हो,जो सदियौं देखि धार्मिक ठेकेदारहरूले प्रचलनमा ल्याईरहेका छन।
साच्चिकै भन्ने हो भने आफ्नो बा आमालाई भौतिक रूपमा हाम्रो बिचमा नभयपनि सदियौं सम्म जिवित राख्न छोराछोरीले पहल गर्नुपर्छ।
जस्लाई जिवित छँदा सम्म स्याहार सुसार छैन खानपिन र औषधी उपचार छैन त्यो अबस्थामा मरेपछि गरिने काज कृया उपयुक्त छैन।सके सम्म साँच्चैभन्दा आ-आफ्नो बा र आमालाई मायां गर्छौ भने देखावटी रूपमा होइन वास्तबिक रूपमा स्याहार सुसार गरौं र उनिहरू मरिसकेपछि उनको सम्झनामा बिभिन्न खाले उनिहरूलाई अमर राख्ने खालका कार्यहरू गरौं।
अहिले यही समाजमा जन्मिएको तपाँइको भाई छोरा नातेदारले एउटा बिउ छरेको छ त्यस बारेमा गम्भिर बनेर छलफल गरौं र त्यो गोरेटोलाई सहयोग गरेर त्यसलाई फुलाउँ र फलाउँ यसैमा हामि सबैको भलो छ भन्ने मलाई लाग्छ।