काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका वडा नं ३ र ४ को सिमानामा रहेको संगम टोल नेवा: खल संस्थालाई एक कार्यक्रमको आयोजना गरि मौलिक सांस्कृतिक ढिमे बाजा हस्तान्तरण गरिएको छ।

संगम टोल नेवा खल समुहका अध्यक्ष सत्यनारायण श्रेष्ठको सभा अध्यक्षता,गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता, वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुईकेलको विशेष आतिथ्यता लगायत समुहका उपाध्यक्ष दुर्गा श्रेष्ठ,सचिव रोमियो श्रेष्ठ,कोषाध्यक्ष देवराज श्रेष्ठ लगायतको उपस्थितिमा ढिमे बाजा ३ वटा ,बाँसुरी ८ वटा,भोअक्ष १ सेट बितरण गरिएको थियो।
बाजा हस्तान्तरण पश्चात् वडा अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथी मुरारी प्रसाद कुईकेलले बोल्दै हामी बहु धार्मिक बहुसांस्कृतिक समुदाय भित्र बसोबास गर्दै आएका र हरेक जातजातिका मौलिक परम्पराले धनी छौ यो राज्यको अमूल्य सम्पत्ति हो त्यसैले यो बाजा, संस्कार संस्कृतिको जगेर्ना गर्नु हामी सबैको दायित्व हो। त्यसैले नगर प्रमुख दिपक रिसालको सक्रियतामा बाजा प्रदान गर्न सफल भएको बताएका थिए।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख दिपक रिसालले आफ्नो धर्म संस्कार संस्कृति हो।भर्खरै सम्पन्न भएको भैरव जात्रा कुनै समुदायको मात्र नभई यो नगरपालिका र राष्ट्रकै अमूल्य गहना हो।यसलाई संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्नु हामी सबैको कर्तव्य हो र यो धर्म संस्कार संस्कृतिलाई जोगाउन नयाँ पिढि तथा पुस्ताहस्तारण गर्दै जानू पर्ने बताएका थिए l
भिडियो हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोला...
https://fb.watch/kIpk9H1YJZ/
https://fb.watch/kIplwX3yIw/