काठमाडौ,२७ साउन। राष्ट्रपती भवन राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकि २० वर्षीया निहारिका राजपुतलाई प्रहरिले पक्राउ गरेको छ।
आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै आन्दोलनरत २० वर्षिय राजपुतले राष्ट्रपति भवन अगाडि आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गर्दा प्रहरीले उनलाई आत्मदाह गर्न नदिई पक्राउ गरेको हो।
गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् ।आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै पिडित राजपुत अनसन समेत बस्दै आएकी थिईन।उक्त घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको जोडदार माग रहेको छ।
आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनले बताउदै आएकी छिन।