काठमाण्डौ,कार्तिक २१। गोकर्णेश्वर नगरपालिका अन्तर्गत रहेका वडा नं ५ र ६ को सिमानामा रहेको तामाङ गुम्बासम्मको सडक कालोपत्रे सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुको टोलटोलमा बिकासको लहर दिन प्रतिदिन बढ्दै गएको छ।यसैक्रममा वडा नं ५ र ६ को सिमाना रहेको नयाँ बस्ती युवा क्लबको पश्चिम तिरबाट तामाङ गुम्बा सम्मको सडक कालोपत्रे सम्पन्न भएको छ।
तत्कालिन कार्यकालका पुर्व वडा अध्यक्षहरु द्वय रमेश अर्याल र वडा ५ का अध्यक्ष नारायण सुवेदीको विशेष पहलमा सुरु भएको कार्य हालका वडा अध्यक्ष नबराज लामा को कार्यकालमा सप्पन्न भएको छ।उक्त समयमा अति जिर्ण अबस्थामा रहेको उक्त सडकको निर्माण गर्न द्वय वडा अध्यक्षहरुले ठूलो पहल गरेका थिए।
वडा अध्यक्ष तथा नगर प्रबक्ता नारायण बहादुर सुवेदीले तत्कालिन समयमा अति नै जिर्ण अबस्थामा रहेको सडक निर्माण गर्न करिब पौने दुई करोड बजेट लाग्ने देखिएको थियो। नगरपालिकाबाट बिनियोजन हुन कठिन देखिएकोले सडक बिभागमा सडक निर्माणार्थ बजेट माग गरिएको थियो।तत्कालीन अर्थ सचिव शिशिर ढुङानाको विशेष सहयोगमा बजेट पास भए पश्चात् यो सडक निर्माण गर्न सम्भव भएको प्रबक्ता सुबेदीले बताए।
त्यसैगरी गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालले उक्त सडकको अनुगमन गर्दै जति पनि टेन्डरमा परेका र बिबिध कारणले ढिला भएका पुर्बाधार बिकासका आयोजनाहरुलाई यथासिघ्र सुचारु गरि सम्पन्न गर्ने बताए।
वडा न ६ का वडा अध्यक्ष नबराज लामाले यो सडक निर्माण गर्दा यहाँको टोल बासी वडा बासीहरुलाई प्रत्यक्ष फाईदा पुगेको बताउदै यो सडक निर्माणमा सहयोग पुर्याउनुहुने समस्त सहयोगीहरुमा धन्यबाद ब्यक्त गरेका थिए भने लगत्तै अन्य प्रोजेक्टहरु पनि यथासिघ्र सम्पन्न गरिने बताएका थिए।