काठमाण्डौ, भीषण बाढीका कारण अबरुद्ध रहेको मेलम्ची खानेपानीको अबस्थाका बारेमा जनप्रतिनिधिको टोलीले स्थलगत निरीक्षण गरेको छ।
बाढिका कारण जनधनको क्षति संगै मेलम्ची सुन्दरीजल खानेपानी आयोजनामा समेत असर परेपछी काठमाडौं बासीलाई खानेपानी वितरण गर्न नसकेकोले जनप्रतिनिधिहरुले स्थलगत निरीक्षण गरेका छन्।
स्थलगत निरीक्षण गर्ने जनप्रतिनिधिहरुमा नेपाली कांग्रेसका नवनिर्बाचित प्रतिनिधिसभा सदस्य नेता माननीय प्रकाश मान सिंह, पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, प्रदेश सभा सदस्य सुरज चन्द्र लामिछाने, गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल, मेलम्ची नगरपालिका मेयर आइता मान तामाङ, हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा, नेपाली कांग्रेस काठमाडौं गोकर्णेश्वर नगर समिति सभापति कुमार लामा, नेपाल तरुण दल काठमाडौं क्षेत्र ३ का सभापति सञ्जय लामा, लगायत त्यस क्षेत्रका अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा स्थलगत निरक्षण गरिएको हो। निरीक्षण पश्चात् छलफल गर्दै यथासिघ्र मर्मत सम्भार गरि काठमाण्डौबासीका घर घरमा पानी आपूर्ति गर्नेमा छलफल तथा निष्कर्षमा पुगेको श्रोतले बताएको छ।