झापा, (वशन्तराज सुब्बा) कमल गाउँपालिका वडा न.१ का जनप्रती निधि भोला दुलाल जनताको पसिना जन्तालाई फिर्ता भन्ने शिर्षकमा आफुले पाउने मासिक भत्ता समेत आफ्ना वडाका अशक्त दिन दुखी गरिब पिडितको उपचारमा खर्च गर्दै आएका छन।
गाउँपालिका भित्र रहेका र विभिन्न समस्याले ग्रस्त अशक्त,दीन दुखी, गरिब पिडितहरुलाई भईपरी आउने विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका दुलाल अन्य सामाजिक कामहरुमा पनि निरन्तर समर्पित जनप्रतिनिधि हुन।जनप्रतिनिधि भोला दुलाल जनताकै विशेष काममा जादैगर्दा आफैले चलाएको बाईक दुर्घटना परी खुट्टामा गहिरो चोट लागि थलिएको एक महिना भैईसकेको छ तर पनि उनले नियमीत सामाजिक सुरक्षाभत्ता बितरणमा बिहानै देखि खट्न, बृद्ध, रोगी र असक्तहरुको घर घरमा भत्ता पुर्याईदिने कार्यहरु निरन्तर गर्दै आएका छन।
औधी जाडो र गर्मि वातावरणलाई अनुकुल अवस्थामा ब्यक्तिको अवस्था हेरी भात्ता थाप्न आउनेहरू लाई मोटर बाईकमा घर पुर्याई दिन रुचाउने दुलाल यस्पाली भने आफ्नो घाउँ पुन:बल्जिएर थलिएका थिए। बिराट्नगर मेडिकल कलेज हस्पिटलमा पुनः उपचार गराई आएको केहि दिनमै भत्ता बितरण कार्यक्रममा निरन्तर लागिपरेका छन।
घरदैलो गर्दा खुट्टाको समस्या हुँदा हुँदै पनि आफ्नो स्वास्थ्यको ख्यालै नगरी सेवामा लागेको देख्दा कमल वडा न.१ का जनताले भोला दुलाल जस्तो जनप्रतिनिधि पाएर खुशी भएका छन। वडा नं १ ले भोला दुलाल जस्तो मनकारी सहयोगी र जनताको काममा समर्पित हुने जनप्रतिनिधि पाउनु सौभाग्य रहेको बताएका छन भने यातो महान ब्याक्तिलाई जन्मदिने आमालाई समेत धन्यवाद ब्यक्त गरेका छन।