काठमाण्डौ,वातावरण दिवसको अवसर पारेर आयोजना गरिएको 'प्रथम हिसान म्याराथन-२०२३' प्रतियोगिताबाट पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टि पलकी हृदय राई प्रथम स्थान हासिल गर्न सफल भएका छन।
'Let's Run Together For Environment' भन्ने मुल नाराका साथ उच्च शिक्षालय तथा माध्यामिक विधालय संघ (हिसान) काठमाडौँ जिल्ला कार्य समितिद्वारा आयोजित उक्त प्रतियोगिता युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुको हातबाट समुद्घाटन गरिएको थियोे।करिब ४ किमिमा भएको प्रतियोगितामा छात्र तर्फबाट पिनाकल कलेजका विकेश घिमिरे प्रथम, पिनाकलका निनम राई दोस्रो तथा पिनाकलकै नकुल घर्ती तेस्रो भए । कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसका मनोज तामाङ पाँचौँ र जोसेफका अमित बोहरा छैटौँ भएका हुन।
त्यसैगरी छात्रा तर्फबाट प्रथम स्थान जय मल्टि पलकी हृदय राई,द्वितीय कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ,तृतीय भेनस कलेजकी सुकलामो तामाङ,चौथो कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी,पाँचौ स्थानमा सेन्ट लरेन्सकी सुस्मिता राई र छैटौं स्थानमा जुबिलियन्टकी चाँदनी विष्टले प्राप्त गरेका थिए।
दुबै छात्र/छात्राको तर्फबाट प्रथम स्थान प्राप्त धावकलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार,प्रमाणपत्र प्रदान गरिएको थियो भने चौथो,पाचौं र छैटौँ स्थान प्राप्त गर्ने धावकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, हिसान काठमाडौँका अध्यक्ष शिवप्रसाद अधिकारी लगायतले विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
करिब ३ सय प्रतिस्पर्धीहरुको सहभागिता रहेको प्रथम हिसान म्याराथन प्रतियोगिताको म्याराथनको रुट थापाथली ट्रेड टावर,थापाथली, त्रिपुरेश्वर रंगशाला, सुन्धारा, न्युरोड गेट, रत्नपार्क, जमल, त्रिचन्द्र कलेज, पुरानो बसपार्क, रामशाह पथ, माइतिघर हुँदै ट्रेड टावरमै आएर समापन भएको थियो।