शक्ति क्षत्रीको शब्दमा नयाँ म्युजिक भिडियो `राम सीता´ सार्बजनिक भएको छ ।
पर्बतमा जन्मी हाल रोजगारिको शिलशिलामा कतारमा कार्यरत रहेका साथै "राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाका" अध्यक्ष लगायत थुप्रै संघसंस्थामा आबद्ध क्षत्रीले " यश अगिपनि थुप्रै चर्चित म्युजिक भिडियोमा सब्द रचना गरि सकेका छ्न ।
“लोक सस्कृती ” लाई जगेर्ना गर्नुपर्छ भन्ने उदेश्य अनुरुप अलिकति बचेको समयलाई सदुपयोग गर्दै क्षेत्रीले “राम सीता ” बोल्को नयाँ म्युजिक भिडियो बजारमा ल्याएका हुन I
गीतमा लोकप्रिय गायक भगवान भण्डारी/ कुशल विश्वकर्मा र शान्ति श्री परियारको स्वर रहेको छ भने भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको हो । गीत आजभोली युटुवमा अत्यन्तै लोक प्रीय बन्दै गएको र दर्शक श्रोताहरुले पनि निकै नै मन पराई रहनु भएको क्षत्रीले बताए ।
अमेरिकालाई कर्मथलो बनाउदै आउनु भएका रमेश सर्माको संगीत रहेको गीतको अभिनय अहिलेका चर्चीत जोडी सुनिल क्षेत्री र गिता ढुंगानाले गरेका छन भने भिडियोको निर्देशनपनि उनै सुनिल क्षेत्रीले गरेका हुन । उक्त लोकदोहोरी गीत मायालु जोडि विचको प्रेमको प्रसंगलाई समेटिएको छ भने नेपालका शुन्दर दृश्य हरुमा छायांकन गरिएको छ ।