काठमाडौं । सशस्त्र विद्रोह थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही बेपत्ता पारिए भने कोही कृषि पेसामा संलग्न छन् ।
‘जनयुद्ध’ घोषणा भएको बेलाका केन्द्रीय समितिमा पुष्पकमल दाहाल, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, स्व.पोष्टबहादुर बोगटी, रामबहादुर थापा बादल, सीपी गजुरेल, हरिभक्त कँडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मातृका यादव, नारायणप्रसाद शर्मा पौडेल, अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल, लोकेन्द्र विष्ट, स्व। यानप्रसाद गौतम, दण्डपाणि न्यौपाने, दिनेश शर्मा र फणीन्द्र आचार्य थिए ।
१९ कमान्डर को कता ?
सशस्त्र विदोह थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही बेपता पारिए भने कोही कृषि पेसामा संलग्न छन् ।
‘जनयुद्ध’ घोषणा भएको बेलाका केन्द्रीय समितिमा पुष्पकमल दाहाल, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, स्व.पोष्टबहादुर बोगटी, रामबहादुर थापा बादल, सीपी गजुरेल, हरिभक्त कँडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मातृका यादव, नारायणप्रसाद शर्मा पौडेल, अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल, लोकेन्द्र विष्ट, स्व. यानप्रसाद गौतम, दण्डपाणि न्यौपाने, दिनेश शर्मा र फणीन्द्र आचार्य थिए ।
एक माओवादी पार्टीबाट आठ माओवादी पार्टी
१० वर्षे ‘जनयुद्ध’पश्चात् माओवादी अहिले विभिन्न आठ समूहमा विभाजित भएको छ । माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड आफंै रहेका छन् । माओवादी केन्द्रको दोस्रो वरीयताका नेता वैद्यले नेकपा क्रान्तिकारी माओवादी गठन गरेका छन् । वैद्य अध्यक्ष रहेको पार्टीमा सीपी गजुरेल, हरिभक्त कँडेल, दिनेश शर्मा सागर, इन्द्रमोहन सिग्देललगायतका नेता रहेका छन् ।
नारायण शर्मा एमसीसी सम्झौताको विरोध अभियानमा लागेका छन् । उनी माओवादी परित्याग गरी छुट्टै पार्टी गठन गर्ने आन्तरिक गृहकार्यमा जुटेका छन् । नेत्रविक्रम चन्द विप्लवले नेकपा गठन गरेका छन् । विप्लव नेतृत्वको पार्टीमा हेमन्तप्रकाश वली सुदर्शन, धर्मेन्द्र बास्तोला, खडगबहादुर विश्वकर्मालगायतका नेताहरू रहेका छन् ।
मणि थापाले माओवादी विद्रोह गरी विगतमा छुट्टै पार्टी गठन गरी सक्रिय थिए । अहिले उनी एमाले स्थायी कमिटी सदस्य छन् । मातृका यादवले समेत विगतमा माओवादी परित्याग गरी छुट्टै पार्टी गठन गरेका थिए । तर, पछि उनी पुनः माओवादीमै फर्किए । अहिले उनी माओवादी केन्द्रमा सक्रिय छन् ।
शान्ति प्रक्रियापश्चात् रवीन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका थिए । पछि उनी एमालेबाट मन्त्रीसमेत भए । अहिले उनले नेकपा बोलसेभिक पार्टी गठन गरेका छन् । गोपाल किराँतीले समेत माओवादी परित्याग गरेका छन् । उनी अहिले नेकपा माओवादीका अध्यक्षका रूपमा सक्रिय छन् ।
बादल, रायमाझी, थापा, लेखराज भट्ट, साहलगायतका नेताहरू अहिले एमालेमा छन् ।
माओवादी अध्यक्ष प्रचण्डले पूर्वमाओवादीबीच एकता गर्दै अगाडि बढनुपर्ने बताउँदै आएका छन् । माओवादी केन्द्रको जारी महाधिवेशनले कस्तो नीति अवलम्बन गर्छ रु सोहीअनुसार पूर्वमाओवादी नेताहरू एक ठाउँमा उभिने कि नउभिने भन्ने कुरा निर्धारण हुन्छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।