बागमती प्रदेश - गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित सुन्दरीजलमा फोटो खिच्ने क्रममा नदिमा खसेर बेपत्ता कपनका युवाको शव फेला परेको छ।
नेपाल सशस्त्र प्रहरी बल, बिपत ब्यबस्थापन २० नं गण सिनामंगल,नेपाली सेना बिपत ब्यबस्थापन गण सुन्दरीजल, नेपाल प्रहरी बिपत ब्यबस्थापन गण लगायतको टोलीको निरन्तर खोजी कार्य पश्चात् प्रधान मृत अवस्थामा भेटिएका हुन।
गत साउन ७ गते सनिवार देखि हराई रहेका बुढानिलकण्ठ नगरपालिका वडा १२ प्रशान्ति एकेडेमी नजिक बस्ने वर्ष १६ का शुभम श्री प्रधानको दुई दिनपछी शब फेला परेको हो। साथीहरु संग सुन्दरीजल घुम्न गएका प्रधान फोटो खिच्ने क्रममा नदीमा खसेर बेपत्ता भएका हुन। कुनैपनि सुरक्षा व्यवस्था र प्रवन्ध नभएको नदीमा खसेर हराई रहेका उनको शव उद्दार टोलीले दुई दिनको निरन्तर खोजी कार्य पछि फेला पार्न सफल भएको हो।