पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा मोटरसाइकल दुर्घटनामा परेर आज एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको २–०१–००२ प ३९९३ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा जिल्लाको बोदेबसाइन नगरपालिका–२ बस्ने ४५ वर्षीया अञ्जनादेवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका लागि रुपनी गाउँपालिका–५ रायपुरस्थित युनिक अस्पताल ल्याउने क्रममा मृत्युु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । यसैबीच मृत्युु भएकाको पति मोटरसाइकल चालक मोहन यादव समान्य घाइते भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकलले कुकुरलाई बचाउने क्रममा दुर्घटना भएको थियोे । RSS