मा एउटी हतकडी तोडेर खुल्ला आकाशमा,
पंख फिजाई उड्ने नारी बोल्दै छु !
म मा अडेका संस्कार र गढ़ेका सपनाहरु सबै ,
संसारका सृस्टिकर्ता आमा बाट पाएकी हु !
मलाई राष्ट्रियको उथान र पतनमा
आफ्ना झैँ देशलाई सिंगार्नु छ !
मलाई सति प्रथाको दागबाट उम्किएर नारीहरुको
प्रगति प्रथाको ईतिहास रच्नुछ !
म एउटी स्वतन्त्र अनि लैंगिक समानतालाई
उच्च शिखरमा राख्ने देशको नारी बोल्दैछु !
नगर मलाई अपहेलना
न लगाउ मेरा इज्जतमा,
कहिल्यै नमेटिने कालो दागहरु !
न ठान मलाई कमजोर,
न दाज मलाई पुतली संग,
किनकी मलाई बादल छुनु छ !!
मा. संसद रेणु शाह