गत शुक्रबार १५ अगष्ट २०२५ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारले संयुक्त आयोजनामा अनेसास नवोदित १६१ औं साहित्यिक रचना वाचन डबली कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय महासचिव राजु सिटौलालाई सम्मान गरेका छन् ।
कतारको मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा कतारका साहित्यकारहरूका विभिन्न साहित्यिक रचनाहरू वाचनका साथमा लामो समय देखि अमेरिका बसोबास गर्नुहुने अनेसास केन्द्रका महासचिव साहित्यकार कवि राजु सिटौला विशिष्ट श्रोता थिए भने कतारमा कार्यरत २ दर्जन भन्दा बढी साहित्यकारहरूले आफ्ना रचना वचन गरेर उपस्थित सम्पुर्णलाई मनोरञ्जन गराएका थिए ।
अपवाद बाहेक प्रत्येक महिनाको दोश्रो शुक्रबार दिउँसो १ बेजे देखि ३ बजे सम्म समयमै सुरु हुने र समयमै सकिने विशेस्ता बोकेको यो कार्यक्रमको सम्योजक कवि सिताराम थापाले गरेका थिए ।
विशिष्ट श्रोताको आसन ग्रहण पछि राष्ट्रिय गान गाएर गजलकार गोविन्द उदासीको गजलबाट कार्यक्रमको दैलो खोलिएको थियो भने खिम पुन - गजल, खेम राज सुवेदी - कविता, लिलानाथ घिमिरे - कविता, योगि कमल पुस्कर - कविता, चन्द्र दाहाल - गजल, पवन गुरुङ - गजल, मीन सागर थापा - गजल, पान्डव थापा - गजल, सुजाता डि सि - गजल, सानू थपलिया - गजल, लुरि थपलिया - गजल,पुर्ण कान्छा गुरुङ - गजल, दिपक पुडासैनी - कविता, बिकास भुजेल - कविता, बिमल सुवेदी - कविता, चक्र कार्की - गजल, मणि पौडेल - गजल, दिपेन्द्र क्षेत्री - गजल, प्रेम प्रसाद भट्टराई - कविता, शोभाराम ओलि - गजल, दिलिप पराजुली - गजल, सिताराम थापा - कविता वाचन गरेर हलमा उपस्थित सम्पुर्णलाई मन्त्र मुग्न बनाएका थिए ।
सोहि कार्यक्रममा अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय दुबै संस्थाले अनेसास केन्द्रीय महासचिव विशिष्ट श्रोता कवि राजु सिटौलालाई नेपाली साहित्य कला र संस्कृतिको क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै अनेसासका पुर्व विशिष्ट श्रोता विमल सुवेदीले अनेसास केन्द्रले साच्चै अनेसासलाई मध्यपुर्वका विभिन्न देशहरूमा फैलाउने हो भने विधान संसोधन गरि मध्यपुर्व उपाध्यक्ष नियुक्ति गर्न सके उस्को कतार जस्तै मध्यपुर्वका अन्य देशहरूमा पनि अनेसास जन्मिने र टिकिरहने छ भन्ने विचार राखेका थिए भने सोही विचार अनेसास नवोदित दुबै संस्थाका सल्लाहकार प्रेम प्रसाद भट्टराईले पनि राखेका थियो ।
कार्यक्रमको अन्त्यमा विशिष्ट श्रोता अनेसास केन्द्रिय महासचिव कवि राजु सिटौलाले कार्यक्रम सव्य र भव्य सफल भएको र आफुलाई विशिष्ट श्रोता बनाएर सम्मान गर्नु भएकोमा दुबै संस्थालाई आभार व्यक्त गर्दै मध्यपुर्व उपाध्यक्षको लागि केन्द्रमा पनि कुरा चलिरहेको र अब चाडैनै टुंगोमा पुगिने छ भन्दै आफ्नो एउटा दम्दार कविता वाचन गरेर कार्यक्रमको समापन गरेका थियो ।