दाङ, नेपाली साहित्यमा कलम चलाउदै आएका घोराही उपमहानगरपालिका,१८ निवासी सुरेश कुमार पाण्डेद्वारा लिखित दुई गजल निम्नानुसार रहेका छन् l
गजल - १
सन्तति कलिलोमा बाल मजदुर बन्छन्,
अपराधीझैं देश निकाला वेकसुर बन्छन्।
मुटु पिरो हुन्छ परदेशमा उनैलाई देख्दा,
जस्का योजना,सपना चक्नाचुर बन्छन्।
कहिल्यै गुलाम हुँनुहुँदैन यो पाठ सिक्यौँ,
विरका सन्तान बिदेशमै जि हजूर बन्छन्।
देशका दलाल नेताहरू राज गर्नकै लागी,
बिदेशी को लागी त सधै कोहिनूर बन्छन्।
शोषकले रगत चुस्यो थाहा पाउँदा पाउँदै,
भाग्य खोटो भन्दै बफादार भरपुर बन्छन्।
गजल- २
जहाँपनि गरिखाने बर्गमाथी दमन हुन्छ l
अत्याचारको सिकार गरिब निर्धन हुन्छ।
ए मलामे फर्किएर हेर डढेको लाशलाई,
बुझ उस्को कथा लालच थोरै कम हुन्छ।
जुनसुकै सरकार आएपनि कहानी उही,
धनीलाई सेहेरा त गरिबको कफन हुन्छ।
लथालिङ्गै भताभुङ्गै छ तर टाल्न खोज्दा,
व्यवस्था जता ततै आगोमा दनदन हुन्छ।
लोभले बिलाप भयो तर नि बुझ्न सकेनौं,
भनौं त कुन निकांएमा आफ्नो पन हुन्छ।
पुंजिवादी समाजमा सधै असमान फल्यो,
स्वार्थ पुरागर्न चिहान पनि उत्खनन हुन्छ।
सुरेशकुमार पान्डे