दोहा,कतारमा स्थापित साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा प्रत्यक महिनाको दोस्रो शुक्रबार गरिने कार्यक्रम अनेसास नवोदित साहित्यिक वाचन शृङ्खला १३० औं डबली आज कतारको दोहा स्थित एक रेस्टुरेन्टको सभाहलमा सव्य र भव्यताका साथ सम्पन्न भएको छ ।
अन्य कार्यक्रम भन्दा भिन्दै तरिलाले संचालन गरिने उक्त साहित्य वाचन डबली कतारमा कार्यरत साहित्य प्रती दखल राख्ने नेपाली भाषा साहित्य कला तथा सस्कृतिको जगेर्ना गर्ने समाजसेवी एक व्यक्तिलाई विशिष्ट श्रोता बनाएर अन्य सबै वाचक बनेर साहित्य वाचन गर्ने कार्यक्रममा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठि विशिष्ट श्रोता रहेका थिए ।
सिक्ने सिकाउने सुन्ने र सुनाउने यो साहित्यिक वाचन डबलिमा कतारमा रहेर नेपाली साहित्यमा लामो समय देखि कलम चलाउदै आएका नेपाली साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो भने नेपाली साहित्य गजल,कविता र मुक्तक वाचनले कार्यक्रमको सभाहलनै मन्त्र मुग्न भएको थियो ।
सोही कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्दन पूजाको कविता संग्रह पीडा अवतारलाई सार्वजनिक गरिएको थियो ।
कार्यक्रमका विशिष्ट श्रोता प्रभात त्रिपाठिका हातबाट कतारमा कार्यरत अनेसास केन्द्रीय आजीवन सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
विशिष्ट श्रोता प्रभात त्रिपाठिले कार्यक्रमको अन्त्यमा बोल्दै अनेसास नवोदितले आफुलाई विशिष्ट श्रोता बनाएर अझै जिम्मेवारी थपिदिएको भन्दै सधै आफू साहित्यमा रमाउने र आगामी दिनमा सबै कार्यक्रम हरुमा हातेमालो गर्दै अगाडि बड्ने बद्दता गर्दै आफुले लेखेका ३ गजल वाचन गरेर सोही कार्यक्रममा भएको खर्च सहयोग गर्दै कार्यक्रमको समापन गरेका थिए ।
उक्त वाचन डवलिको सहजीकरण कवि दिप मिलनले गरेका थिए ।