वशन्त राज सुब्बा - संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालको संयुक्त आयोजनामा जाजरकोट मा भएको बर्बर हत्या ,MCC राष्ट्रघाती सम्झौता,भ्रष्टाचार र देशको सिमा अतिक्रमण हुँदा सम्म सरकारको सकृयता नदेखिएकोले हुदा उक्त बिरोधमा झापाको कमल गाउँपालिका वार्ड नं ३ केर्खा चौकमा बृहत कोण सभा गरेको छ ।
पहिचानको आधारमा १०+१ प्रान्त माग गर्दै लिम्बुवान आन्दोलनलाई उठान र नेतृत्व गर्दै देशभरका पहिचानवादी, न्यायप्रेमी जनताहरुलाई संगठित गरेर अघि बढिरहेको राजनैतिक दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पहिलो संविधान सभामा २ जना सभासद प्रतिनिधित्व गराएको र हाल प्रदेश नं. १ मा एकजना सांसद प्रतिनिधित्व गराएको छ। यस मञ्चले बिभिन्न मागहरु राखेर नेपालले जाजरकोट हत्या ,MCC सम्झौता, भ्रष्टाचार र देशको सिमा मिच्दा सम्म कडा रुपमा प्रस्तुत नभएको भन्दै सरकार विरुद्ध विभिन्न जिल्लाका क्षेत्रहरुमा बिरोधको कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।
यसै क्रममा हिजो केर्खा चौकमा बृहत प्रर्दशन कोणसभा भएको छ। संघीय लोकतान्त्रीक राष्ट्रिय मन्चका केन्द्रिय उपाध्यक्ष ज्ञानु ईम्बुङ्गले जाजरकोट–रुकुम जातीय नरसंहारको दोषीहरुलाई कडाभन्दा कडा सजाय गरिनु पर्ने , सधैको लागि जातीय विभेद अन्त्य गर्न १३.८ प्रतिशत दलित शिल्पी समुदायलाई गैरभौगोलिक प्रान्त प्रदान गर्नु पर्ने । र तीन महिनाको लकडाउनमा १५ सय भन्दा बढी नेपालीले आत्महत्या गर्नुको सम्पूर्ण जिम्मेवारी बर्तमान सरकारले लिनुपर्ने बताएकी छिन।प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनु पर्ने ,MCC को बारेमा सर्वप्रथम सरकारले नेपाली जनताको नाममा श्वेतपत्र जारि गरेर गोलमेच सम्मेलनमा छलपल लगायत माग मञ्चका उपाध्यक्ष ईम्बुङ्गले बताएका थिए।
त्यसैगरी केंद्रीय उपमहासचिब तथा झापा जिल्ला इन्चार्ज भानु भट्टराईले सरकारी जागीरलाई पूर्ण समानुपातिक गरिनु पर्ने , आर्य र खशको क्लष्टर अलग गरेर १७ प्रतिशत खश क्षेत्रीहरुको अधिकार सुनिश्चित गर्नु पर्ने ,हत्या, हिंसा , महंगी, बलात्कार, भ्रष्टाचार नियन्त्रण गर जस्ता नाराहरु लगाए थिए । यस कोणसभामा मञ्चका झापा जिल्ला अध्यक्ष धन बहादुर प्रन्धाक,मञ्चका चुलाचुली वार्ड १ निर्वाचित अध्यक्ष धुर्व लावती लगायतका पदाधिकारीहरु, झापा, मोरङ्, इलामका केन्द्रिय कमिटिहरु, जिल्ला तथा नगर, गाउँपालिका अन्तर्गतका नेता र कार्यकर्ताहरु लगाएत सर्बसाधारण हरुको उपस्थितिका रहेको थियो भने कार्यक्रमको सहजीकरण पार्टीका केंद्रीय सचिव विष्णु भट्टराईले गरेकी थिइन।