रोल्पा- रोल्पा नगरपालिका वडा न. ३ तिम्ले निवासी ३३ बर्षिया मृगौला पिडित राधिका घर्तिको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ।
डाक्टरको सल्लाह अनुसार उनको मृगौलाको डाईलोसिस प्रत्येक दिन गराउनु पर्दछ। अहिले सम्म उपचारमा उनी सङ भएको करिब ७/८ लाख रुपैया उपचारको क्रममा सिद्धिसकेको तर थप उपचाराको लागि न उनी संग पैशा छ न ॠण सापटी दिने मान्छे अथवा कुनै सहयोगी संघ संस्था र दानी मनका धनिहरु।
लामो समयदेखि भारतको एक रेस्टुरेन्ट सामान्य वेटरको रुपमा कार्यरत पति दुर्गा बहादुर घर्तिको पनि कोभिड -१९ को कारण जागिर गुमेको छ।अहिले उनी बेरोजगार अवस्थामा छन भने दुबै मृगौला खराब भई नाजुक अवस्थामा रहेकी २ नाबालक छोराछोरीको आमा सहित रहेकी ३३ बर्षिया श्रीमतिको दयनिय स्वास्थ्य अवस्थाले गर्दा उनी बिछिप्त बनेका छन।उनले आखाभरी आँसु बगाउदै दुखेसो पोख्दै भने दुख पर्दा साथमा कोहि नहुदो रहेछ ॠण सापटी माग्दा पनि आफन्त टारिन थाले" उमेरले डाँडा कटेकी आमा, बिरामी श्रीमती र दुई नाबलाक छोराछोरीको पिडाले दिनदिनै पोल्ने गरेको छ।
उहाँको परिवारमा रहनु भएकोको मामा ( दुर्गा बहादुर घर्ती ) ले भारतको एक रेष्टुरेन्टमा मजदुरी गर्दै परिवारको जीवन निर्वाह गर्दै आउनु भएको थियो । नेपालमा उहाँको कुनै पनि आयश्रोत र पेशा व्यवसाय नभएको हुँदा आफ्नी जीवन संगिनी(श्रीमती राधिका घर्ती )को उपचार गर्न अत्यन्तै कठिन र स्वास्थ अवस्था जटिल समेत बन्दै गएको उनका भान्जा दिपेन्द्र थापाले मुग्लानी खबरलाई जानकारी गराएका छन।
पीडित राधिका घर्तिक सम्पुर्ण परिवारले उनको जीवन रक्षाका निम्ति देश बिदेशमा रहनु भएका आदरणीय सम्पुर्ण नेपाली जन समुदाय, विभिन्न संघ,संस्था परोपकारी मन हुनुभएका महानुभावहरुसंग सकेको आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन। उनलाई सहयोग गर्नको लागि निम्न ब्गक्तिहरु संग सम्पर्क गर्न सक्नुहुनेछ।
श्रीमान: दुर्गा बहादुर थापा
सम्पर्क :+9779816452616
थप जानकारीका लागि
भरत बिष्ट :9847850308
दीपेन्द्र थापा:9866742269
इन्दिरा रोका(भाउजू):9847996783
तिल बहादुर घर्ती( दाजु साउदी ):+966581452239
प्रकाश के.सि(दुबई ) :+971507482918
हुकुम बहादुर रसाइली (कतार):+97455107734
कृपया यो समाचारलाई अत्यधिक शेयर गरेर साथ दिनुहोला।