धादिङ- मञ्जुश्री सम्बत २८५७ औ सोनाम ल्होछार लाङ (ल्हो) गाई बर्गको पावन अवसरमा हुन गैइरहेको रुबिभ्याली बृहत म्हेन्दोमाया प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको शुभारम्भ रुबिभ्याली स्थित सेर्तुङमा गरिएको छ।
 
रुबिभ्याली गाउपालिका वडा न ३ का कार्यबहाक वडा अध्यक्ष गमन तामाङको सभापतित्व तथा रुबिभ्याली गाउपालिका प्रमुख चेरुङ तामाङको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो।त्यसैगरी विशेष अतिथिहरुमा गाउपालिका उपाध्यक्ष बिना लामा, म्हेन्दोमाया कलाकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा तामाङ नायक,नृत्य निर्देशक राज किङ वाईबा, रुबिभ्याली गाउपालिका नि.प्र.प्र. सन्तोष खनाल लगाएत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
 
कार्यक्रमका प्रमुख अतिथी रुबिभ्याली गाउपालिका अध्यक्ष चेरुङ तामाङ र बिशेष अतिथी उपाध्यक्ष विना लामालको हातबाट रिवन काटी शुभारम्भ गरिएको थियो।
 
तीन दिनसम्म हुने उक्त प्रतियोगितामा लामा नाच,झाक्री नाच,म्हानेदोरा नाच,डोका नाच,मारुनी नाच ताबु नाच,बोमोसोमो, साईखोले लगाएत गाउपालिका स्तरिय महिला भलिबल प्रतियोगिता हुनेछ।
 
"संस्कार र संस्कृतिको पहिचान,पहिचानलाई जगेर्ना रुबिभ्यालीको अभियान" भन्ने मुल नारा बोकेको गाउँपालिकामा गाउँपालिकाको ब्यबस्थापन आर्थिक सहयोग, सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको आयोजना तथा नमस्ते च्याम्र युवा समाज सेर्तुङको सह आयोजनामा कार्यक्रम भैइरहेको छ। कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा चन्द्र लामाले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण गोस बहादुर तामाङले गरेका थिए।