झापा (वसन्त राज सुब्बा) - नेपालमा पेय-पदार्थको सेवनमा कफिको लोक प्रियता,माग र बजारिकरणलाई ध्यानमा राखी सात दिने बारिस्ता कफि मेकर तालिम दिईएको छ।
घरेलु उत्पादन तथा ब्यापार ब्यबसायमा समेत जोड दिदै आएको कमल गाउँपालिकामा उद्धमशिल महिला जागरण केन्द्र झापा केर्खाले गाउँपालिकामा विविध तालिमको आयोजना गर्दै आत्मनिर्भर र रोजगारीको सुनिश्चितता दिदै आएको छ। यसैक्रममा गाउँपालिकाको आर्थिक सहयोगमा युवा बेरोजगारलाई मध्य नजर गर्दै गत माघ १० गते संस्थाकि अध्यक्ष शान्ता दहालको सभापतित्वमा एक औपचारिक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष मेनुका काफ्लेद्वारा समुद्घाट्न गरिएको थियो भने गत १७ गत्ते पुन आफ्नै सभाहलामा एक बृहत् कार्यक्रमगरी समापन गरिएको थियो।
कार्यक्रमका प्रमुख अथिती मेनुका काफ्ले र बिशेष अथिती बेनुप्रसाद शिवाकिटिको हातबाट प्रशिक्षार्थीहरु लाई प्रमाण-पत्र प्रदान गरिएको थियो सातैओटा वडा बाट ७/७ जना र सस्था तर्फबाट ६ जना गरी जम्मा ५५ जना प्रशिक्षार्थिहरुलाई प्रशिक्षक प्रकाश कट्वाल र अंकित दाहालले मेशिनद्वारा कफि बनाउन बारिस्ता तालिम, आधारभुत ज्ञान र कफि शफ खोल्दा पेसागत रुपमा पुर्याउनु पर्ने होसियार ग्राहक संग खेल्नु पर्ने भुमिका लगाएत विविध बिषयमा प्रशिक्षक प्रकाश कटुवालले बताएका थिए ।
प्रशिक्षार्थिहरुले समापन कार्यक्रममा उपस्थित सम्पुर्णमा कफि बनाएर पिलाएका थिए भने कार्यक्रममा प्रशिक्षार्थी C-गुरुप सुजित खटेउडा समुहले गुरु/प्रशिक्षक दुबैजनालाई मायाको चिनो उनीहरुकै हातबाट प्रदान गरेका थिए कार्यक्रममा अध्यक्ष मेनुका काफ्लेले बोल्दै विविध कार्यक्रमहरु गर्दै आएको भएपनी उद्घाटन देखी समापन सम्म स्वस्फूर्त रुपमा प्रशिक्षार्थिहरुको उपस्थिति रहेको बताईन। त्यसैगरी बिशेष अथिती बेनु शिवाकोटिले युवापुस्तामा बढ्दै गएको बेरोजगारी समस्यालाई ध्यानमा राखेर गरिएको कफि मेकर तालिम अर्थपूर्ण रहेको बताए।
त्यस्तै गरि मुग्लानी खबरका पत्रकार बिरेन्द्र याख्थुम्बाले आफू पनि सन २००० तिर खाडीमा टि बोईको कम्म गरेको स्मरण गराउदै बैदेशिक रोजगारमा जानेहरुका लागि पनि यो तालिम महत्वपूर्ण रहेको बताउदै प्रशिक्षार्थिहरुलाई सफल्ताको शुभकामना ब्यक्त गरेका थिए । आफ्ना मन्तव्य राख्नेहरुमा वडा नं २ का जनप्रतिनिधि तारानाथ न्यौपाने, समावेशी महिला शसक्तिकरणकी सचिव ममता गुरुङ, सस्थाका सल्लहाकार यमनाथ दहाल लगाएतका थिए।
अथितिहरुमा कमल गाउँपालिका महिला तथा बालबालिका प्रमुख रेनुका गौतम,कमल वडा न३- अध्यक्ष नर प्रसाद दङ्गाल मिडियाकर्मी बसन्तराज सुब्बा लगाएत रहेका थिए । संस्थाकी सह सचिब बन्दना मेयाङ्बोद्वारा सहजीकरण गरिएको कार्यक्रममा सचिव सीता शेर्पा राईले स्वागत मन्तव्य राखेकी थिईन। अन्त्यमा: संस्थाकी अध्यक्ष शान्ता दाहालले बिगतमा बिभिन्न सिपमुलक तालिम प्राप्त ब्यक्तिहरुलाई रोजगारीको समेत ब्यबस्था गरिदिएको बताईन भने छैटौ दिनमा गाउँपालिकाबाट गरिएको अनुगमनमा प्रशिक्षार्थिहरुले देखाएको अनुशासनप्रती खुसी ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेकि थिइन।