काठमाण्डौ, जोरपाटी ब्याडमिन्टन क्लवका वार्षिकोत्सवको अवसरमा गोकर्णेश्वर नगर स्तरीय तथा काठमाण्डौं उपत्यका ब्यापी ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ।
जोरपाटी ब्याडमिन्टन क्लवका अध्यक्ष दिपक लामाको सभा अध्यक्षता तथा गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको बिशेष अतिथिहरूमा वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, अतिथिहरूमा वडा सदस्यहरु मञ्जु पुडासैनी,बच्चुराम कुइँकेल शर्मा,प्रेम खड्का,बसन्ती नगरकोटी, गोकर्णेश्वर नगर खेलकुद संयोजक सञ्जय लामा,नेपाली कांग्रेस नगर समितिका सभापती कुमार लामा,नगर ब्याडमिन्टन खेलकुद संयोजक सरोज बहादुर पुडासैनी लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संगठनका प्रतिनिधिहरु,खेलाडीहरु, खेलप्रेमीहरुको बाक्लो उपस्थितिका बिच उद्घाटन गरिएको हो।
नगर स्तरीय प्रतियोगिता अन्तर्गत खुल्ला डबल र भेट्रोन डबल (40 Over) साथै उपत्यका स्तरीय प्रतियोगिता अन्तर्गत खुल्ला डबल ( Except NBA Top 20 Ranking), भेट्रान डबल ( 40 ओभर) र सुपर भेट्रान डबल (55 ओभर) का खेल हुने आयोजकले बताएको छ। त्यसैगरी बिजेता खेलाडीहरुलाई नगर स्तरीय प्रतियोगितामा मेन्स डबल खेल अन्तर्गत प्रथम पुरस्कार नगद रु. २० हजार प्रमाणपत्र, मेडल र ट्रफी,दोस्रो पुरस्कार नगद रु १० हजार,प्रमाणपत्र , मेडल र ट्रफी र तेस्रो पुरस्कार नगद रु. ५ हजार? प्रमाणपत्र,मेडल र ट्रफी प्रदान गरिने छ।भेन्ट्रास डबल खेल अन्तर्गत प्रथम पुरस्कार प्रथम पुरस्कार नगद रु २० हजार,प्रमाणपत्र,मेडल र ट्रफी,दोस्रो पुरस्कार नगद रु. १० हजार,प्रमाणपत्र, मेडल र ट्रफी,तेस्रो पुरस्कार नगफ रु ५ हजार,प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने छ।
यसैक्रममा उपत्यकाब्यापी प्रतियोगिता अन्तर्गत बिजेता हरुलाई मेन्स डबल खेलमा प्रथम पुरस्कार नगद रु. १५ हजार, प्रमाणपत्र, ट्रफी र मेडल, दोस्रो पुरस्कार नगद रु ८ हजार प्रमाणपत्र ,ट्रफी र मेडल,तेस्रो पुरस्कार नगद रु.४ हजार, प्रमाणपत्र ,ट्रफी र मेडल,भेन्ट्रास डबल खेलका बिजेता हरुलाई प्रथम पुरस्कार नगद रु.१५ हजार,प्रमाणपत्र ,ट्रफी र मेडल,दोस्रो पुरस्कार नगद रु.८ हजार,प्रमाणपत्र ,ट्रफी र मेडल,तेस्रो पुरस्कार नगद रु.४ हजार,प्रमाणपत्र ,ट्रफी र मेडल प्रदान गरिने छ।साथै सुपर भेट्रास डबल खेलमा भने प्रथम पुरस्कार नगद रु १० हजार,प्रमाणपत्र ,ट्रफी र मेडल,दोस्रो पुरस्कार नगद रु.५ हजार,प्रमाणपत्र ,ट्रफी र मेडल र तेस्रो पुरस्कार नगद रु.३ हजार,प्रमाणपत्र ,ट्रफी र मेडल प्रदान गरिने आयोजकले बताएको छ।
जोरपाटी ब्याडमिन्टन क्लब गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीको आयोजनामा भएको उक्त प्रतियोगिता यहि आउँदो जेठ १५ गते सम्म जोरपाटी ब्याडमिन्टन क्लबको हलमा हुने भएको छ।