राजेश बिद्रोही
झापा- कृषि ज्ञान केन्द्र झापाले हरियाली अर्गानिक उत्पादक समूहको सहकार्यमा एक दिने तालिम सम्पन्न गरेको छ ।
कोशी प्रदेश,झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको जेष्ठ नागरिक भवनमा जैविक तथा वानस्पतिक विस्तार २०८१/०८२को पहिलो स्वीकृत वार्षिक एक दिवसीय तालिम भव्यताका साथ सम्पन्न गरेको छ । ज्ञान केन्द्रका प्रमुख सागर बिष्टले व्यानर पढेर उद्घाटन गरेको सो तालिमको संचालन संस्थाका सचिव चिरञ्जीवि पौडेल र सभापतिमा समूहका अध्यक्ष लोक नाथ मिश्र रहेका थिए।
उक्त तालिममा कृषि ज्ञान केन्द्र झापाका कार्यलय प्रमुख सागर बिष्टको प्रमुख आतिथ्यतामा संचालन भएको सिकाई सहभागितामा अतिथि तथा प्रशिक्षक सहयोगीहरु अञ्जु आचार्य ,गणेश बुढाथोकी र रोजिना पौडेलको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्यद्वारा नगरस्तरीय तरकारी उत्पादक समूहका अध्यक्ष अवि चन्द्र भण्डारीले उपस्थित सम्पुर्णमा स्वागत गरेका थिए।
ज्ञान केन्द्र प्रमुख बिष्टले जैविक तथा वानस्पतिक विसादीको अन्वेषण भारतमा कृष्ण चन्दनले गर्नु भएको थियो जसबाट तरकारी खेतीमा आकर्षण भई वाली बिनास गर्न सक्ने शत्रु जीवहरूलाई बिस्थापित गर्ने र मित्र जीवहरूलाई आकर्षण गरि उत्पादनमा वृद्धि बिकास गर्ने मनसायले WODC को मोदर प्लान बिस्तार गरेर जैविक बिषादी तयार गरेर बालीनालीमा सुक्ष्म खाद्य तत्वहरुले काम गर्ने भएको र रसायनिक विषादि कृषकहरूले उपयोग गर्ने तरिका थाहा नभएर पनि प्राणघातक रोग क्यान्सर जस्ता भयानक रोगका सिकार दिनहु दिन बढ्दै गएका कारण तरकारी उत्पादक लगायत उत्पादनशिल कृषकहरूलाई जैविक तथा वानस्पतिक विषादी बनाएर उपयोग गर्न र गराउन उपस्थित कृषकहरूलाई आग्रह गर्दै उत्पादित तरकारीहरू उपभोक्ता समक्ष पुर्याउने हो भने जीवन र स्वास्थ्यको ग्यारेन्टी गर्न सक्ने दावी गरेका थिए।
प्रशिक्षक अन्जु आचार्यले WODC को मदर प्लान्ट देखि त्यसको बनाउने कार्यविधि र प्रयोग गर्ने तरिका समेत उपस्थित बिर्तामोड भरिबाट उपस्थित २५ जना कृषकहरूलाई प्रकाश पार्दै केन्द्रबाट सहयोग वापत प्रति व्यक्ति १ थान हजारी र २०० लिटरको ड्रम १ थान किसानहरूलाई हस्तान्तरण गरि जैविक तथा वानस्पतिक विषादी तयार गरेर प्रयोगमा कृषकले ल्याएको छ या छैन भनी अवलोकन गर्ने समेत बताउनु भएको हो ।
तालिममा उपस्थित प्रशिक्षार्थीहरू मध्ये राम लाल उप्रेती,गोविन्द सुवेदी,प्रदिप खनाल,प्रकाश रेग्मी, गोविन्द गौतम र श्याम पक्वालले आ- आफ्ना भनाई राखेका थिए भने श्याम पक्वाल र गोविन्द गौतमले विगत दुई वर्ष अगि देखि ज्ञान केन्द्र कृषक मुखी रहेको र भविष्यमा झोलाका किसानको अन्त्य गरि यथार्थ किसानहरूलाई सहयोग पुर्याउदै जाने हो भने कृषिप्रधान देशमा किसानहरु नै विस्थापित हुने सम्भावना कम हुने बताए। आज वितरण गरिएको ड्रम किन्न नसक्ने अवस्थाका कृषकहरूलाई निक्कै ठूलो राहत मिलेको तर सबै खाले सुक्ष्म खाले तत्व र विषादी वनाउन अपुग हुने भएकोले सामान्यतया प्रति व्यक्ति ४ वटा ड्रम आवश्य पर्ने हुदाँ अन्य ड्रम कृषकले रिण खोजेर किन्नु पर्ने बाध्यात्मक स्थितिलाई समेत प्रष्ट पार्दै प्राप्त सहयोग प्रति आभार ब्यक्त गरेका हुन ।
अन्त्यमा कार्यकमको अन्त्य समूहका बर्तमान अध्यक्ष लोक नाथ मिश्रले बिर्तामोड नगरपालिका वडा नं. ८ मा स्थापित हरियाली अर्गानिक तरकारी उत्पादक समूहलाई विगत देखि नै सहयोग पुर्याउदै आएकोमा आगामी दिनहरूमा पनि निरन्तर सहयोग पुर्याई कृषकहरूको उत्पादित हकहितमा टेवा पुराई सामान्य किसानहरूको व्यक्तिगत जीवन गुण स्तरमा टेवा पुर्याउने आशाका साथ तालिमको बिसर्जन गरेका थिए।