म्हेन्दोमाया कलाकार संघ नेपाल केन्द्रिय कार्यसमितिको आयोजनामा तथा नुवाकोट धादिङ रसुवा समाज कुवेतको सह आयोजनामा तामाङ राष्ट्रिय पर्व मञ्जुश्री संम्बत २८६१ सोनाम ल्होछार ब्रुल-ल्होको अबसरमा शुभकामना आदान-प्रदान तथा वृहत ल्होछार सांस्कृतिक कार्यक्रमलाई गोल्ढुङ रंगशाला फूट्बल ग्राउण्ड काठमाडौंमा सम्पन्न भएको हो।

“भाषा,कला,संस्कृति,भेषभुषा,परम्परा,रितिरिवाजको संरक्षण गरौं ” भन्ने मुल नाराका साथ म्हेन्दोमाया कलाकार संघ नेपाल केन्द्रिय कार्यसमितीका अध्यक्ष आरम्भ तामाङको सभापतित्व तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख अतिथि पुर्ब पर्यटन राज्य मन्त्री पर्शुराम तामाङ विशेष आतिथ्य साथै विभिन्न पार्टीका जनप्रतिनिधिहरु, लामा गुरु,बोन्पो,ताम्बाहरु लगाएत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित ब्यक्तिहरुले मन्तब्य राख्दै म्हेन्दोमाया कलाकार संघ नेपालले मौलिक सांस्कृतिकलाई उत्थान संरक्षण सम्बर्द्धनका लागि प्रमुखतामा राख्दै कार्यक्रम आयोजनामा सहयोग गरिदिएकोमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरता रहनेमा बिश्वास ब्यक्त गरेको थियोे ।

कार्यक्रममा कलाका संघलाई पुर्याउनु भएको भुमिका र योगदानको कदर गर्दै,संघका शुभ चिन्तक एबम सहयोगी ब्यक्तित्व लगायत सम्पूर्ण सहयोगीहरुले संस्थालाई गरेको योगदानको उच्च मुल्यांकन गर्दै प्रसंशा पत्र सम्मान गरिएको थियो ।
कार्यक्रममा लामा, बोन्पो, ताम्बा,घोडा नाच्न लगायतको झाकि प्रदर्शन, तामाङ भेषभुषा र स्टलहरु रहेको र नेपालली राष्ट्रिय तामाङ कलाकार क्षेत्रका वरिष्ठ ब्यक्तिहरुको बाक्लो उपस्थिति तथा तामाङ सस्कृती झल्किने युगल , सामुहिक तथा एकल नॄत्य प्रस्तुत गरेका थिए भने तामाङ समुदायको आकर्षक म्हेन्दोमाया,सेलो नृत्य प्रस्तुतले दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कलाकार संघले गरेका सोनाम ल्होछार भव्य र सभ्यका साथ सम्पन्न भएको सकारात्मक कामको प्रसंशा गर्दै भोलिका दिनमा पनि यस्तै राम्रा राम्रा काम गर्दै अघि बड्नु होला भन्दै सल्लाह सुझाव दिदै आफ्नो जातिय पहिचान सहित धार्मिक पर्यटकीय संरक्षण,सम्वर्धन प्रवद्धर्न स्थानीय सांस्कृतिक जागरण तथा युवापुस्तामा तामाङ भाषा पनि प्राथमिकता दिनुपर्ने हामी सबैको कर्तव्य रहेको बताउनु भएको थियो।

जातीय पहिचान र भेष भुषा र संकृतिको जागरण गर्नेमा जोड दिदै हाम्रो लोप भैईरहेको मौलिक संस्कृतिलाई संरक्षण गर्दै आगामी बर्षहरुमा पनि कार्यक्रमलाई निरन्तर दिनु अग्र गर्दै सहयोग निरन्तरता दिने प्रतिबद्धता जनाएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति आरम्भ तामाङले कार्यक्रम सभ्य तथा भब्य रुपमा सम्पन्न भएको र सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा म्हेन्दोमाया कलाकार संघका उपाध्यक्ष रुपा एस घले तामाङले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण संघका महासचिव किर्ति तामाङले गरेका थिए।
