पोखरा : कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को चौंथो भौतिक महाधिवेशन आयोजक समितिले "नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम मिति २०८१ चैत्र ३१, तदनुसार १३ अप्रिल, २०२५ का दिन जुम अनलाइन मार्फत सम्पन्न गरेको छ।
संयोजक युवराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रमुख संरक्षक गोपिकृष्ण काफ्लेको उपस्थिति रहेको थियो भने पूर्व अध्यक्ष तथा निवर्तमान प्रमुख संरक्षक गोविन्द प्र. पौडेल, संरक्षक समिती सदस्यहरु, प्रमुख सल्लाहकार हंशराज ढकाल क्षेत्री, सल्लाहकार समिति सदस्यहरु, संस्थापक, र आजिवन सदस्य हरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
"जूम भर्चुअलको माध्यमबाट सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको कार्यक्रममा , जहाँ विभिन्न मुलुकमा रहेका कास्केली दाजुभाइ दिदिबहिनीहरूको सहभागीता रहेको थियो। यस अवसरमा २०८१ लाई विदाइ गर्दै २०८२ को स्वागत गरिएको थियो भने नयाँ वर्षमा केही नयाँ कार्यहरूको थालनी गर्ने उद्घोष गरिएको थियो।
कार्यक्रम "कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् चौथो महाधिवेशन आयोजक समितिका सदस्य सचिव प्रभात त्रिपाठीको सहजीकरणमा सप्पन्न भएको थियो ।
संस्थाका मुख्य निर्णयहरू:
१. नयाँ वर्षको सुरुवातसँगै कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदको चौंथो भौतिक महाधिवेशन प्रतिनिधि सदस्यका निम्ति गुगल अनलाइन मार्फत सदस्यता खोल्ने निर्णय गरेको थियो।
२. कास्की जिल्लामा रहेका मानव आश्रममा सहयोगका अपेक्षित बाबा आमा र बाल गोपाललाई भोजन कास्की आदर्श समाज नेपालको समन्वयमा स्थलगत अवलोकन पश्चात ग्रहण गराउने कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको थियो।
३. कास्की जिल्लाका अति विपन्न एवम् न्यून आय भएका विद्यालय र विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तरण गर्ने गर्ने साथै यस कार्यक्रमलाई कास्की आदर्श समाज नेपालको समन्वय र सहजीकरणमा रिपोर्टिङ पश्चात अघि बढाउने निर्णय गरिएको थियो ।