तिल विक्रम थेवे
दोहा, कतार– गत १६ मई २०२५ तदनुसार जेठ ०२, २०८२ शुक्रबारका दिन युमा साम्यो महासभा अन्तराष्ट्रिय समन्वय समिति अससको ऐतिहासिक तेस्रो अधिवेशन सम्पन्न भयो ।
जुम भर्चुअल मार्फत सम्पन्न अधिवेशनबाट मलेसियामा कार्यरत भरत केदेम सर्वसम्मत अध्यक्ष निर्वाचित भएसंगै केदेमको नेतृत्वमा ३१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गर्यो ।
निर्वाचित कार्यसमितिमा अध्यक्ष भरत केदेम–मलेसिया, उपाध्यक्ष दिल पालुङवा–युके, उपाध्यक्ष योगेन माखिम– कतार, उपाध्यक्ष मछिन्द्र मुदेनछङ साँवा– सिंगापुर, उपाध्यक्ष विकेन पालुङवा–केएसए, उपाध्यक्ष टिका माखिम (फुङलेप लिम्बु)–हङकङ, उपाध्यक्ष पन्च बहादुर इवा–ब्रुनाई, उपाध्यक्ष लाजेहाङ यक्सो लिम्बु–पोर्चुगल, उपाध्यक्ष सुमन येक्तेन–मलेसिया, उपाध्यक्ष पुष्पा नेम्बाङ (माइली)–कुवेत, उपाध्यक्ष राम योङहाङ (वैदारे ठुले)–युएई, उपाध्यक्ष दिल थोप्रा लिम्बु–युएई र, महासचिव तिल विक्रम थेवे–कतार, उपमहासचिव ईच्छिङ तिल्लिङ चोङबाङ– कतार, कोषाध्यक्ष उत्तरहाङ महरे संग लिङखिम– ब्रुनाई, सहकोषाध्यक्ष दिनेश लङवा– ब्रुनाई सर्वसम्मत निर्वाचित भए भने हरिभक्त आबुहाङ–युके, अटल सेनेहाङ–मलेसिया, कमल अङछङबो–युके, प्रेम आङबुहाङ–कतार, विष्णु केदेम–कतार, अमिर मेन्याङबो–हङकङ, श्याम ईजम–केएसए, मन कुमार पालुङवा–केएसए, सोम आङबुहाङ (मुस्कान)–कतार, कुमार सेरेङ चोङबाङ–केएसए, रस्ना ईजम–युएई, गोविन्द लुङफुवा–युएई, मनी थेवे–अष्ट्रिया, नयेन्द्र तावाहाङ–केएसए, कृष्ण वनेम–हङकङ कार्य समिति सदस्य निर्वाचित भए ।
अध्यक्ष दिलसिङ मेन्याङबोको अध्यक्षता, महासचिव तिल विक्रम थेवेको संचालन र बरिष्ठ उपाध्यक्ष भरत केदेमको स्वागत मन्तव्य रहेको उदघाटन समारोहमा याक्थुङ जातिको संस्कार संस्कृति भाषा लिपि मुन्धुम र रीतिथिति र पहिचानलाई जगेर्ना गर्दै निरन्तरता दिदै आउने क्रममा विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका वीर विराङगनाहरु प्रति सम्मान स्वरुप मौन धारण गरिएको थियो ।
तेस्रो अधिवेशनको प्रमुख अतिथी युमा साम्यो महासभा केन्द्रीय कार्यालय नेपालका केन्द्रिय अध्यक्ष देवेन्द्र बनेमले अधिवेशनको व्यानर वाचन गरेर अधिवेशन उदघाटन गर्दै शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यमा याक्थुङ लिम्बु समुदायको धर्म, संस्कार संस्कृति, मुन्धुम मुन्धुमीस्थलहरुको संरक्षण सम्बर्धन गर्दै जानुको विकल्प नरहेको बताउदै प्रमुख अतिथी वनेमले याक्थुङ मुन्धुममा आधारित नेपालको पुर्वी क्षेत्रमा रहेका याक्थुङ जातिहरूको मुन्धुमीस्थलहरुको प्रतिविम्ब स्वरुप मुन्धुम र मुन्धुमीस्थलको केन्द्रको रुपमा निर्माणाधिन यिनै धरोहर र सम्पदाहरुलाई आगामी पुस्ताहरूले पनि देख्दै जाओस् भनेर धरान कागुनेमा याक्थुङ जातिको वृहत सावा येत्हाङ पाङफेको निर्माण अघि बढीरहेको बताए ।
विभिन्न राष्ट्रमा रहेका युमा साम्यो महासभाका प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको अधिवेशनमा युमा साम्यो महासभा केन्द्रीय कार्यालय नेपालका केन्द्रिय महासचिव डा. रमेश ईजम लिम्बुले देशभित्र मात्र नभएर विभिन्न राष्ट्रमा समेत युमा साम्यो महासभा विस्तार भएकोमा भविष्यमा युमा साम्यो महासभाले देशभित्र र देश बाहिरबाट समेत याक्थुङ जातिको धर्म, संस्कार संस्कृति र मुन्धुम मुन्धुमीस्थलहरुको संरक्षण सम्बर्धनको लागी आधार र अहम् भुमिका निर्वाह गर्नसक्ने बताए ।
विदेश विभाग प्रमुख विरन लिम्बु, याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष हाङमाया लेछर्बो, याक्थुङ चुम्लुङ जिल्ला शाखा मोरङका कोषाध्यक्ष माया ईजमले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनमा विभिन्न राष्ट्रबाट प्रतिनिधित्व गरेका प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियोे । याक्थुङ चुम्लुङ अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष लोकेन्द्र तबेबुङ, तुम्याहाङ एवं युमा साम्यो महासभा अससका विशिष्ट सल्लाहकार नरेन्द्र माबोहाङ, जर्मनीबाट तुम्याहाङ हिमाल याक्थुङ, कतारबाट योगेन माखिम, युएई बाट राम योङहाङ (वैदारे ठुले), साउदी अरवबाट विकेन पालुङवा, ब्रुनाईबाट उत्तरहाङ महरे संग लिङ्खिम, साउदीबाट धनराज लिम्बु, अष्ट्रियाबाट मनी थेवे, सिंगापुरबाट मछिन्द्र याक्थुङ,लगायत जुममा प्रत्यक्ष जोडिन नसकेका विभिन्न राष्ट्रबाट प्रतिनिधिहरुले विभिन्न माध्यमबाट शुभकामना दिएका दिए ।
कोषाध्यक्ष उत्तरहाङ महरे संग लिङखिमद्धारा संस्थाको आर्थिक प्रतिवेदन र महासचिव तिल विक्रम थेवेद्धारा संस्थागत प्रतिवेदन र विधान संशोधनका अघि सारिएका प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो ।