काठमाडौँ, चाबहिल l मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि बुधबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम अध्यक्षता कलेजका अध्यक्ष गेन्द्र लामाले गरेका थिए भने प्रमुख अतिथि रुपमा नेकपा एमालेका प्रमुख सचेतक तथा माननीय सांसद महेश कुमार बर्तौला,मनास्लु वर्ल्ड कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठ, वित्तिय प्रमुख कुमार मोक्तान सहित सञ्चालक समिति सदस्यहरू, प्रशासक, शिक्षक, शिक्षिका, कर्मचारी, चर्चित सञ्चारकर्मी ऋषि धमला, उत्प्रेरक वक्ता विकास देव योञ्जन,कलेजका शिक्षक शिक्षिका,शैक्षिक क्षेत्रका विभिन्न बौद्धिक व्यक्तित्वहरु ,गायिका रचना दाहाल र उनको ब्यान्ड लगायत कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहित कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा केवल औपचारिक जानकारीमा मात्र सिमित नभई प्रेरणादायी व्यक्तित्वहरू, सांगीतिक प्रस्तुति र मनोवैज्ञानिक ऊर्जाको मिसावटले यो कार्यक्रमलाई फरक ढंगले प्रस्तुत गरिएको थियो।
कार्यक्रममा मिस्टर एण्ड मिस मनास्लु २०२४ विजेता स्यारोन लामा वाइबा र दाबा छिरिङ भोटेलाई सम्मान गरियो। मिस मनास्लु स्यारोन लामाले आफूले पाएको अवसरप्रति आभार व्यक्त गर्दै पूर्ण छात्रवृत्तिमा अमेरिका पढ्न जान सक्ने प्लेटफर्म मनास्लुले दिएको बताइन्।साथै, सांगीतिक प्रस्तुति, नृत्य, जादु, र दोहोरीदेखि र्यापसम्मका विविध कार्यक्रमले उपस्थित विद्यार्थीहरूमा जोश थपेको थियो।
कलेज प्रमुख राजन श्रेष्ठले विद्यार्थीहरूलाई आत्मबल र आत्मविश्वासको साथ अघि बढ्न सुझाव दिए।मनास्लु टिमको एकताले बनेको संस्था भएको हुँदा यसको यात्रा लामो रहेको उनको भनाई थियो। जिपिएले मात्रै व्यक्तिको भविष्य निर्धारण गर्न नसक्ने हुँदा जिपिएले मात्तिने र आत्तिने गर्न नहुने उनले बताए। मनास्लुले आफ्ना विद्यार्थी सँग भएका क्षमतालाई विकास गरेर उसको करियर बनाउन मद्दत गर्ने उल्लेख गरेका श्रेष्ठले विद्यार्थीलाई कुनै दिन आफ्नो रोजाई सही रहेछ भनेर गर्व गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीको क्षमतालाई निखार्दै अगाडि बनाउने मनास्लुको उद्देश्य स्पष्ट पारेका थिए ।
कक्षा १२ की कानुन विषय अध्ययनरत छात्रा अपेक्षा कार्कीले स्वागत मन्तव्य राख्दै, आफू एक वर्षअघि झैँ आजका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा गौरवको अनुभूति भएको बताइन्।जीवनको नयाँ यात्रामा एउटा पाइला चाल्दै गरेका विद्यार्थीहरूले सही निर्णय गरेको र मनास्लु बाट निस्किँदा आफ्नो रुचि र क्षमता भएको क्षेत्रको नेतृत्वकर्ता भएर निस्कने उनले उल्लेख गरिन् । मनास्लुले शिक्षित मात्रै बनाउने नभई सर्वपक्षीय विकास गर्ने र ‘लर्नर’ बाट ‘लिडर’ बनाउने उनको भनाई थियो।
कार्यक्रममा चर्चित सञ्चारकर्मी ऋषि धमलाले मनास्लुको व्यवस्थापन बाट आफू प्रभावित भएको बताए। सबै पक्षको राम्रो समिश्रण भएकाले मनास्लु उत्कृष्ट कलेज हो भन्ने आफ्नो बुझाइ रहेको उनले उल्लेख गरे। धमलाले मनास्लुको अनुशासनले यो देशको आगामी यात्राको मार्ग निर्देश गर्ने भन्दै भोलिका मन्त्री, प्रधानमन्त्री, वैज्ञानिक, पत्रकार, कलाकार सबै मनास्लुका विद्यार्थी बन्ने विश्वास व्यक्त गरे। उनले मनास्लुमा अध्ययनरत विद्यार्थीलाई विदेश जाने नभई देशमै अध्ययन गर्न सुझाव दिए । आफ्नो जीवनका अनुभूतिहरू समेत बाँडेका उनले सबै विद्यार्थीलाई सफलताको शुभकामना प्रदान गरेका थिए। 
कार्यक्रमका प्रमुख अतिथि बर्तौलाले युवाहरूलाई देशमै अवसर खोज्न सुझाव दिए। उनले भने, “राजनीति फोहोरी छ भनेर टाढा बस्ने होइन, त्यसलाई सुधार्न युवाहरूले अग्रसर हुनुपर्छ।” साथै, कानुन विषय पढ्ने विद्यार्थीहरूले कानुन विषय समेत अध्यापन हुने गरेको मनास्लुले नेपालको विधायीकी प्रक्रिया बुझ्न संसद् भवन आउन चाहे आफूले सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा उनले एक देखि नौ नम्बर सम्मका कथा सुनाउदै सबै संग मिलनसार इमान्दार जेहेन्दार अनुशासनशील र मायाको भावले हेर्नुपर्ने सुझाव दिएका थिए। 
चर्चित सञ्चारकर्मी श्री पाण्डेद्वारा सहजीकरण गरिएको कार्यक्रममा कक्षा ११ पढाउने शिक्षकहरूको परिचय पनि दिइएको थियो भने सह-प्रधानाध्यापक गोपाल श्रेष्ठले कलेजका नियम, गतिविधि र योजनाहरूका बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा उत्प्रेरक वक्ता बिकास देव योञ्जनले ठुलो सोच सानोबाट शुरु गर तर आजै सुरु गर जस्ता विभिन्न सकारात्मक उर्जाशील टिप्सहरु प्रदान गर्दै बिधार्थिहरुलाई हौसला प्रदान गरेका थिए। 
कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष गेन्द्र लामाले भने, “मनास्लु कुनै गन्तव्य होइन, यो निरन्तर यात्रामा रहेको संस्था हो।” उनले ७०० भन्दा बढी विद्यार्थीको विश्वासप्रति आभार प्रकट गर्दै "त्यो विश्वास कहिल्यै गुम्न नदिने" दृढता दोहोर्याए।उनले कठिन समयमा सुरु भएको मनास्लु, यसको मिसन-भिजन, झेलेका चुनौती, पाएको सफलता र आगामी लक्ष्य बारे विस्तृतमा चर्चा गरे। मनास्लुको सफलताको श्रेय सिङ्गो मनास्लु टिमलाई जाने उनको भनाई थियो। कार्यक्रम नै कलेजले गर्ने गतिविधिहरूको प्रतिनिधि भएको हुँदा कार्यक्रममा देखिएका जस्तै गतिविधिहरू वर्ष भरी कलेजमा विद्यार्थीहरूका लागि गर्ने बताउँदै उनले कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सम्पूर्णमा धस्न्यबाद ब्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए। 
मनास्लु वर्ल्ड कलेजको अभिमुखीकरण कार्यक्रम केवल जानकारी दिने औपचारिकता मात्र नभई विद्यार्थीको जीवनमा प्रेरणा, जोश र मार्गनिर्देशन भर्ने एक समर्पित प्रयास थियो। यहाँबाट सुरु भएको यात्रा भोलिका नेता, वैज्ञानिक, पत्रकार र समाजपरिवर्तनकर्ताहरूको आधार बन्ने विश्वास सबैको अनुहारमा झल्किएको थियो।

अन्य फोटोहरु हेर्न यहा क्लिक गर्नुहोस :-