काठमाडौं, १९ भदौ २०८२ – बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नव-नियुक्त माननीय मन्त्री प्रभात लामालाई बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको छ।
यो ऐतिहासिक अवसरमा सन्ध्या फिल्म्स एण्ड मिडिया प्रा.लि. र साहारा फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरिएको सम्मान समारोहमा सन्ध्या फिल्म्स एण्ड मिडिया प्रा.लि. तथा साहारा फाउन्डेसनकी अध्यक्ष दिलमाया तामाङले मन्त्री लामालाई दोसल्ला ओढाएर र भगवान बुद्धको मूर्ति प्रदान गरी सम्मान गर्नुभयो। सोही अवसरमा मन्त्री लामाले कतारबाट सुरु भई नेपालमा स्थापित मुग्लानी खबर अनलाइन मिडिया पोडकास्ट स्टुडियोको रिबन काटि औपचारिक शुभारम्भ गर्नुभय। रिबन काटेर स्टुडियो उद्घाटन गर्दै मन्त्री लामाले मुग्लानी खबरको यो नयाँ पहललाई शुभकामना ब्यक्त गर्नुभएको थियो। 
त्यसैगरी विश्वमै नेपालको नाम उचो बनाउन सफल आध्यात्मिक चिन्तक, वैदिक पूर्वीय दर्शनका विद्वान, समाजसेवी तथा प्रखर वक्ता डा. चिन्तामणि नाथ योगीले आफ्ना प्रेरणादायी विचार, अनुभव र ज्ञानको बिशेष प्रस्तुत गरि पहिलो पोडकास्ट कार्यक्रमलाई शुभारम्भ गर्नुभएको थियो। 
सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङले यो शुभारम्भले मुग्लानी खबर अनलाईन मिडियाको मिसनलाई थप बलियो बनाएको बताउनुभयो। "मुग्लानी खबर सत्य, तथ्य र निष्पक्ष समाचारमार्फत भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्ध लड्न र सुशासन तथा शान्तिको पक्षमा अघि बढ्न प्रतिबद्ध छ," उहाँले भन्नुभयो।
कार्यक्रममा पूर्व प्रदेश स्वास्थ्य मन्त्री निमा लामा, साँखरापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सोना बहादुर तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्थाका पदाधिकारी र समाजका सम्मानित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष तामाङले मन्त्री लामाको यो नियुक्तिलाई उहाको क्षमता, दक्षता , समर्पण र प्रभावकारी कार्यशैलीको परिणाम भएको बताउँदै यो उपलब्धि रसुवा, बागमती प्रदेश र समग्र मुलुककै गर्वको विषय भएको उल्लेख गर्नुभयो। उपस्थित सबैलाई धन्यवाद दिँदै उहाँले कार्यक्रम समापन गर्नुभयो।
यो समारोहले बागमती प्रदेशको विकास र समृद्धिको यात्रामा नयाँ उत्साह थपेको छ भने मुग्लानी खबरको पोडकास्टले समाजमा सकारात्मक सन्देश र जागरूकता फैलाउने अपेक्षा गरिएको छ।