काठमाण्डौ : नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्व, कास्की आदर्श समाज कतारले दोस्रो पटक पोखरामा मनाएको छ ।
“कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना" भन्ने मूल नाराका साथ् सन २००२मा स्थापना कास्की आदर्श समाज कतारले दोश्रो पटक संस्थामा आवद्ध आजिबन सदस्यहरुका परिवार बीच परिचय एवं भेटघाट साथै एस.इ.इ -२०८१ मा सम्मीलित बिध्यार्थी भाइबैनीहरु लाई सम्मान गर्ने तथा रमाइलो हरितालिका तिज विशेष कार्यक्रम-२०८२ गण्डकी प्रदेशको राजधानी गृह जिल्ला पोखराको मुटु न्युरोड स्थित रहेको सिटी स्वायरको सभा हलमा भव्यतापूर्वक सम्पन्न गरि मनाएको हो ।
कार्यक्रम संयोजक श्रीमती रुकु देवकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रेस रजिस्ट्रार श्रीमती बिमला भण्डारी प्रमुख अतिथि रहनु भएको थियो। सो अवसरमा महिला उद्यमी एवं समाजसेवी सीता गुरुङ, सफल व्यवसायी/समाजसेवी लक्की कार्की, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्की सचिव पुजा शाह, कास्की आदर्श समाज नेपालकी वरिष्ठ उपाध्यक्ष पुजा गिरिको उपस्थिति थियो ।
त्यसैगरि समाजसेवी राधिका बानिया, फेवा टेलिभिजनकी प्रशासक प्रमुख रोजी श्रेष्ठ,संचारकर्मी गीता तिवारी लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू, दिदीबहिनी आमा समूह,नेपाल रेडक्रस सोसाइटी, महिला सञ्जाल पोखरा, उज्ज्वल दिदीबहिनी समूह लगायतका संस्थाका पदाधिकारी तथा आजीवन सदस्यहरुका परिवारको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्पूर्ण प्रमुख अतिथि, बिसेष अतिथि, अतिथि लगायत उपस्थित सम्पूर्णलाई सुनिता पौडेल सुबेदीले स्वागत मन्तब्य सहित स्वागत गर्नुभयको थियो।
कार्यक्रम ब्यानर अनावरण संगै दियोमा बत्तिबालेर उद्घाटन गरियको कार्यक्रममा स्वागत नृत्य प्रस्तुत गरि सुरु गरियको थियो शुभकामना मन्तब्य सहित बीच बीचमा सास्कृतिक प्रस्तुति हरुपनि प्रस्तुत गरियको थियो मौलिक तीज गीतमार्फत समाजका नारीहरुको पीडा मार्मिक रुपमा प्रस्तुत गरि सबैका आखा रसाउने बनाउने माया भण्डारी,पुस्पा सुनारको साथै अर्चना अधिकारी,कृपा सुनार,र अन्जली बिश्वकर्माको आकर्षक नृत्यले कार्यक्रममा अझ रौनक थपेको थियो ।
कार्यक्रममा एस.इ.इ -२०८१ मा सम्मीलित बिध्यार्थी भाइबैनीहरु लाई सम्मान गर्नेमा सम्मानित हुनुहुने देवेन्द्र विश्वकर्मा (ग्रेड २.८२), सृष्टि अधिकारी (ग्रेड ३.३२) • अनुप तिमिल्सिना (ग्रेड ३.३३)• कृष रानाभाट (ग्रेड ३.४१) • सबिन थापा (ग्रेड ३.६३)उनीहरूलाई सम्मानपत्रद्वारा प्रोत्साहन गरिएको थियो।
सहभागी मध्ये उत्कृष्ट अंक प्राप्त गर्ने छात्र१/छात्रा१ जनालाई जनही नगद रु ३,००० र सम्मानपत्र सहित विशेष सम्मान गरिएको थियो, जसमा:• बिस्मिता भण्डारी (ग्रेड ३.८०) • सवल कुवर (ग्रेड ३.८४)
आगामि शैक्षिक यात्राका आयामहरु अझ फराकिलो बनाउदै एक कर्मठ, निष्ठावान, नैतीकवान र सचेत नागरिक बन्न सदा सर्वदा प्रयासरत रहनुहुनेछ भन्ने अभिलाषा व्यक्त गर्दै सम्मानित हुनुहुने सम्पूर्ण बिद्यार्थी बाबु नानीहरुलाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गरियको थियो
सस्थाले आयोजना गरेका हरेक कार्यक्रमहरुमा आफ्नो उत्कृष्ट कलाकारिता प्रस्तुत गरि कार्यक्रमलाई अत्यन्त मनोरन्जनात्मक बनाउन अहम भूमिका निर्बाह गरि सांस्कृतिक प्रस्तुतिदिने कलाकारहरुलाई प्रसंसा पत्रद्वारा सम्मान गरियको थियो।
सस्थाले गत वर्ष कास्की पोखरामा आयोजना गरेको श्रस्टा सम्मान तथा भेटघाट कार्यक्रमसफलताको शुभकामनाको लागि सस्थालाई नेपाली रुपिया ५००००/- आर्थिक सहयोग गर्नु भयका कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिव बानियालाई सम्मानपत्र र दोसल्ला ले उहाँको धर्मपत्नी श्रीमती राधिका बानियामार्फत सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न बक्ताहरुले सस्थाले गरेका हरेक गतिबिधिको खुलेर प्रसंसा गरेका थिय ,मन्तब्यको क्रममा प्रमुख अतिथिले सस्थाले प्रबासमा रहेरपनि आफ्नो सस्कार सस्कृतिलाइ जगेर्ना गर्न परिवार बीच परिचय एवं भेटघाट र आपसी मेलमिलाप गर्ने उदेश्यले राखियको यस कार्यक्रमले समाजमा धेरै कुरा सिकायको छ र महिला अहिले हरेक कुरामा पोख्त छन भन्ने उदहारण दियको भनि कार्यक्रमको खुलेर तारिफ गर्नुभयको थियो।
अन्तमा कार्यक्रम संयोजकले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउन नेपाल मा अहोरात्र खट्नुहुने सम्पूर्ण कास्की आदर्श समाज कतारबाट आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरु ,शुभेच्छु एवं कार्यक्रममा आफ्नो ब्यस्थ समयको बाबजुद पनि हाम्रो कार्यक्रमलाई सुरु बाट अन्त सम्म बसेर साथ् सहयोग र सल्लाह सुझाब दिनुहुने कार्यक्रमका प्रमुख अतिथि लगायत आमन्त्रित बिसेष अतिथिहरु,अतिथि हरु,संचारकर्मी सस्थामा आवद्ध आजिबन सदस्यहरुका परिवार आमा,दिदीबहिनी बाबुनानीहरु सम्पूर्णमा हार्दिक हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयको थियो भने कार्यक्रम अत्यन्त मिठास र सरल गरि सहजीकर नारायणी थापा भण्डारी ले गर्नु भयको थियो।