काठमाडौँ — मासिक १०० अभियान नेपालको नवौं वार्षिक साधारण सभा तथा जेष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमको ६८औं श्रृङ्खला भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष अध्यक्ष सन्जय पोखरेलको सभापतितवमा भएको कार्यक्रमको प्रमुख अतिथि चर्चित रेडियोकर्मी अच्युत घिमिरे (बुलबुल) रहेका थिए। कार्यक्रमको विशेष अतिथिमा गोकर्णेश्वर–९ का वडाध्यक्ष राजिव थापा, अतिथिहरुमा विभिन्न संघ संगठनका लब्ध प्रतिष्ठित व्यक्तिहरु लगायत संस्थाका पदाधिकारी, समर्थक सहयोगी साथै दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।
कार्यक्रममा बिशेष अतिथि राजिब थापा लगायतले आफ्नो मन्तब्य राखेका थिए।
सभापति पोखरेलले नेतृत्व अर्को पुस्तामा हस्तान्तरण गर्नु समाजका लागि सकारात्मक सन्देश भएको बताए। उनले भने, “९ वर्षसम्म अध्यक्षको जिम्मेवारी बहन गर्दै आएको यो पवित्र संस्था अब नयाँ पुस्ताको हातमा सुम्पिएको छु। यो केवल पद हस्तान्तरण होइन, पुस्तान्तरणको सन्देश हो।”
कार्यक्रममा समाजसेवी, बुद्धिजीवी र शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन ब्यक्त गरेका थिए भने उक्त साधारण सभाले बिकाश श्रेष्ठको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ। जसअनुसार उपाध्यक्ष – जगन्नाथ चालिसे,सचिव – संगिता सुवेदी,कोषाध्यक्ष – सुयन पौडेल चयन भएका छन् भने सदस्यहरूमा – सुरेश सुवेदी, सुदिक्षा भण्डारी, देवकी अधिकारी, प्रतीक चापागाईँ र शिव ठकुरी चयन भएका छन्। नव निर्वाचित कार्यसमितिले संस्थाको लक्ष उदेश्य अनुरुप उचाई बढाउदै समाज परिवर्तनको दिशामा अहम भूमिका निर्बाह गर्नेमा सबैको बिश्वास रहेको छ।