गोकर्णेश्वर । हालसालै घटेका अपल्कानिय घटनाका कारण गोकर्णेश्वर नगरपालिकामा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन आज नगरपालिकामा विशेष बैठक बसेको छ।
नगर प्रमुख, उपप्रमुख, सबै वडा अध्यक्ष तथा सदस्यहरू, नेपाली सेनाका दुई जना कर्णेल, एक जना मेजर, नेपाल प्रहरीका DSP, नगर प्रहरी, ग्रीन आर्मी नेपाल, स्काउट, युवा तथा खेलकुद समिति, नगर स्वास्थ्य प्रमुख, अस्पताल प्रमुखलगायत सरोकारवालाको सहभागितामा बैठक सम्पन्न भएको हो।
बैठकले हालै भएको आगलागी र तोडफोडका कारण वडा नं. ५, ६, ७ का वडा कार्यालय पूर्ण रूपमा ध्वस्त भएको, वडा नं. १ र ३ मा तोडफोड भएको, प्रहरी चौकी र केही स्वास्थ्य चौकी क्षतिग्रस्त भएको र चोरी–लुटपाट समेत भएको अवस्थालाई गम्भीर रूपमा लिएर तत्कालका लागि निम्न निर्णय गरेको छः
शान्ति–सुरक्षामा कडाइ – नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी, ग्रीन आर्मी, स्काउट र युवा स्वयंसेवकलाई वडास्तरमा परिचालन गर्ने।
पेट्रोलिङ सञ्चालन – नगर प्रहरीका २ गाडी, स्काउटका १ गाडी र ग्रीन आर्मीको १ गाडी प्रयोग गरी टोल–टोलमा पेट्रोलिङ गर्ने।
सिसी क्यामेरा निगरानी – नगरभित्रका सबै सिसी क्यामेराबाट निगरानी गर्ने तथा बिग्रिएका क्यामेरा तत्काल मर्मत गर्ने।
पुनर्निर्माण र सेवा सञ्चालन – ध्वस्त संरचनाको सरसफाइ र पुनर्निर्माण सुरु गर्ने, आवश्यक सेवा सकेसम्म छिट्टै सुचारु गर्ने।
घरबेटी निगरानी – घरबाहलमा बस्ने सम्पूर्ण नागरिकको विवरण घरबेटीले संकलन गरी निगरानीमा राख्ने।
सामुदायिक समन्वय – युवा क्लब, टोल सुधार समिति, महिला समूह लगायतलाई वडा अध्यक्षमार्फत आवश्यकता अनुसार परिचालन गर्ने।
व्यवसाय सञ्चालन समय – नगरभित्रका पसल र व्यवसाय राति ८ बजेसम्म मात्र सञ्चालन हुने।
स्वास्थ्य सेवा – गोकर्णेश्वर नगर अस्पतालसहित नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, अर्थोपेडिक अस्पताल २४ घण्टा सञ्चालनमा रहने।
आपतकालीन सम्पर्क नम्बरहरू
नेपाली सेना विपद् सम्पर्क: 9768992020
सुरक्षा सम्पर्क (सेना): 9857021529
नेपाल प्रहरी: 100
सशस्त्र प्रहरी (APF): 1114
नगर प्रहरी: 9841689165
ग्रीन आर्मी: 9849999999
स्काउट: 9849382961
युवा व्यवस्थापन: 985107453
एम्बुलेन्स हटलाइन: 9765414280
अस्पताल समन्वय: 9841391000
गोकर्णेश्वर नगर अस्पताल: 9851248755
नगरपालिकाले सबै जनप्रतिनिधि तथा वडा कार्यालयमार्फत नागरिकलाई आपत्–विपद्मा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ। साथै, सुरक्षा र सहयोगका लागि सबैलाई बढीभन्दा बढी जानकारी र सम्पर्क नम्बर शेयर गर्न अपिल गरिएको छ।