राजेश प्रसाईं ` बिद्रोही ´- नेपाली राजदूतावास रियादका लेवर काउन्सिलर जीवन राई तथा प्रवासी नेपाली समन्वय समितिको पहलमा रियादमा अवस्थित ढाका मेडिकल सेन्टरको सहयोगमा अल कासिम सुकारी प्यालेस होटलमा एक दिने स्वास्थ परिक्षण तथा रोग अनुसारका अौषधीहरू निशुल्क वितरण गरिएको छ।
स्वास्थ्य निशुल्क जाँच परिक्षणमा ढाका मेडिकल सेन्टरको सहयोगमा अौषधी साथै नेपाली एक मात्र चर्चित डाक्टर अनिरूद्र पाठकको प्रत्यक्ष उपस्थितिमा चेकजाँच गरिएको हो।उक्त शिबिरमा नेपाली,इजिप्सियन,बंगलादेश,भारत लगायत विभिन्न देशका बिरामीहरूले प्रत्यक्ष लाभ लिएका थिए।
दुतावासले नेपाली कामदारहरूलाई कोरोना सम्बन्धी सचेतना कार्यक्रम तथा सन्देश मुलक प्रशिक्षण दिने मनसायले मेडिकल सेन्टरले उपलब्ध गराएको निशूल्क अौषधीको सहयोगमा विभिन्न रोगहरूको चेकचाँच गरि विभिन्न देशका नागरिकहरूलाई अौषधी वितरण गरेर उच्च सम्मान जन्य कार्यमा नेपाली वाहेक अन्यदेशका विरामीहरूलाई निशूल्क रूपमा योगदान पुर्याएको यो पहिलो पटक हो ।
कोरोनाको विषयलाई लिएर नेपाली श्रमिकहरूलाई सजग र सचेतना लगायत अात्मावल बढाउनकोलागि नेपाली राजदुतावास रियाद साउदी अरबबाट पहिलो अभियान अल कासिमबाट शूरू गरि विभिन्न क्षेत्रहरूमा अभिभावकत्व गर्दै नेपाली कामदारहरू प्रति रोगमा देखिएका स्वास्थ्य समस्याहरूको जानकारी लिने बताइएको छ।त्यसैगरी अौषधी वितरण गर्दै जाने भन्दै दुतावासमा कार्यरत श्रम सहचारी जीवन राईले जानकारी गराएका हुन।
उक्त होटलमा गरिएको कार्यक्रममा ४३ जना विरामीहरूको उपस्थिति रहेको थियो । जस मध्ये नेपाल,भारत,इजिप्सियन लगायत अन्य देशहरूका विरामीहरूलाई चेकजाँच गरिएको थियो । ४३ जना मध्ये ४ जना ब्लड सुगर ४ जना प्रेसर रोगीहरू उपस्थित थिए भने अन्य ३५ जनामा ज्वरो ,रूघा खोकी सहित ग्यासट्रिकका विरामीहरूलाई चेकजाँचका साथै विरामी अनुसारका अौषधीहरू ढाका मेडिकल सेन्टरले निशूल्क उपलब्ध गराएको थियो।सोही मेडिकलमा कार्यरत डाक्टर अनिरूद्र पाठकले चेकजाँच गरेपश्चात आवस्यक निशुल्क औसधि वितरण गरेको पाठकले जानकारी दिएका छन् ।
विहान ११ बजे दिखि संयुक्त रूपमा नेपाली राजदुतावास रियाद र प्रवासी नेपाली समन्वय समितिद्वारा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम ३ वजे दिउँसो कार्य समय अभावका कारण बन्द गरेका थिए । अागामी दिनहरूमा साउदीको विभिन्न क्षेत्रहरूमा यस्तै एक दिने सिविर संचालन गरिने प्रबासी नेपाली समन्वय समितिका बा्हय सम्पर्क संयोजक नारायन पासवानले जानकारी दिएका हुन् ।