दोहा : - "लुम्बिनी प्रदेश समन्वय परिषद कतार"को तेस्रो अधिबेशन सहानिय स्थित फुलवारि रेस्टुरेन्टमा सम्पन्न भएको छ । अधिबेशनबाट रुपन्देही निवासी डिल्लीराम भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका छ्न ।
क्रमश उपाध्यक्ष हरु ..१ ) टेकराज थापा २ ) सजन लौडारी,३ मनिषा खड्का, ४ झबिन्द्र आचार्य छ्न । त्यसैगरि महासचिव - देबराज पून,सचिव हरु बिबस बेलबासे, श्रीधर आचार्य, बिश्वनाथ भट्टराई - कोषाध्यक्ष, सिताराम सुनार - सह-कोषाध्यक्ष रहेका छन ।सदस्यहरुमा नारायण बस्याल,लक्षमण पौडेल,बालाराम पाण्डे,बिष्णु बहादुर शाही,टिकाराम गौतम(अमित),शिबलाल केसि श्रीधर पौडेल,दिपेन्द्र थापा, शुमन गिरि चिन्तामणी भुशाल, र कमल अर्याल - अनुशासन संयोजकशंकर प्रसाद न्यौपाने -लेखा समिती संयोजक रहेका छ्न । निर्वाचित कार्यसमिती लाई निर्वाचन संयोजकले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
संस्थाका अध्यक्ष बुद्ध पान्डेको सभापतित्व भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास कतारका कार्यवाहक अध्यक्ष एवम नियोग उप-प्रमुख कुमार राइ रहेका थिए । संरक्षक- सामाजिक ब्यक्तित्व कमलमणि गुराँगाई संस्थाका सल्लाहकारहरु, लुम्बिनी प्रदेश अन्तर्गतपर्ने जिल्लागत संस्थाका अध्यक्षहरु, विभिन्न सामाजिक तथा बौद्धिक ब्यक्तित्वहरु लगायत परिषद सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
दिप प्रज्वलन, रास्ट्रियगान गाउँदै उट्घाटन गरिएको औपचारिक कार्यक्रममा जिया हमालले स्वागत गीतमा नृत्य गरेकी थिइन भने वरिष्ठ उपाध्यक्ष डिल्लीराम भट्टराईले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।
प्रमुख अतिथि राइले मन्तव्यको क्रममा संस्था स्थापना भएपछि परिषद कतारले आर्थिक,नैतिक तथा भौतिक रूपमा थुप्रै कार्यहरुको प्रशंसा गरे । राइले गौतमबुद्ध जन्मेको प्रदेश, बिकाश तथा समृद्धि साथै पर्यटनको हिसाबले अगाडि रहेको अवगत गराउदै रोजगारीको शिलशिलामा कतारमा सिकेका श्रम,सिपलाई आफ्नो प्रदेशमा गएर प्रयोग गरी समृद्ध प्रदेशको रुपमा परिचय दिनुपर्नेमा जोड दिएका थिए ।
संस्थाका महासचिव टेकराज थापाले सहजीकरण गरिएको कार्यक्रममा स्वयं आफैले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्था स्थापना पछि विभिन्न समयमा देशमा आउने दैविक प्रकोपमा आर्थिक सहयोग, दुखी: पिडित नेपाली श्रमिकका समस्या समाधान, विभिन्न सामाजिक आर्थिक कार्यहरु गर्दै गरेको विवरण मार्फत प्रस्तुत गरे । कोषाध्यक्ष देवराज पुनले आर्थिक आय व्याय प्रस्तुत गरे कार्यक्रममा संस्थालाई विभिन्न समयमा सहयोग पुर्याउनुहुने ब्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो।
खुल्ला सत्र कार्यक्रमको अन्त्यमा सभापति बुद्ध पान्डेले बोल्दै, निमन्त्रणालाई सहर्ष स्वीकार्दै उपस्थित हुनुहुने सम्पुर्ण ब्यक्तित्वहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै सभापती पान्डेले आगामी दिनमा कार्यक्रममा मिलेको सुझाव सल्लाहहरुलाई आत्मसात गर्दै अगाडी बढ्ने बताउदै कार्यक्रम सफल पार्न उपस्थित सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
“हामी प्रदेसीको चाहाना, समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मूल नाराका साथ् सन : २०१८ मा लुम्बिनी प्रदेश बासीहरुको साझा संस्थाको रुपमा कतारमा स्थापित लुम्बिनी प्रदेश कतारमा हाल सम्म २०६ जना परिषद सदस्यहरु रहेका छ्न ।