नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकले २८५७ औं सोनाम ल्होछार पर्व मनाएको छ । कुर्दिस्तान घेदुङले सुलेमानिस्थित नोबेल हलमा शुक्रबार ल्होछार मनाएको छ I
तिथिका आधारमा मुसा वर्गलाई बिदाइ गरेर शुक्रबारबाट लाङ(म्हे)गाई वर्गलाई स्वागत गरेका हुन् । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत भएको अध्यक्ष श्याम माम्बा तामाङले बताए ।
स्थापनाकालदेखिनै विभिन्न कार्यक्रम गर्दै आएको इराक घेदुङले यसवर्ष भने टिकट सिस्टम हटाएको महासचिव श्याम घिसिङले बताए । महासचिव घिसिङका अनुसार बौद्ध धर्म अनुसार पूजापाठबाट सुरु भएको कार्यक्रम साँझ ५ बजे सकिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि दुबई रेमिटका इराक प्रतिनिधि निमा शेर्पा रहेका थिए । भने अन्य अतिथि हरुमा कुर्दिस्तान गैरअवसिय नेपाली संघ इराक अध्यक्ष,गुरुङ समाज सुलेमानि अध्यक्ष लालकाजी गुरुङ , प्रवासी नेपाली समाज सुलेमनी अध्यक्ष कमल वाइवा, तामाङ नेपाली महिला समाज कुर्दिस्तान अध्यक्ष डोल्मा शेर्पा , हिमालयन शेर्पा युनिक ग्रुपका अध्यक्ष ठूलो कान्छा शेर्पा ,प्रवासी एकता समाजका अध्यक्ष नवीन कुमार लामा ,नेपाली प्रवासी मञ्च दोहोक उपाध्यक्ष राहुल थापा लगायत रहेका थिए I
कार्यक्रममा उपस्थित भएका आगन्तुकहरुले आयोजनाको भार कम गर्न आर्थिक सहयोग समेत गरेको महासचिव घिसिङको भनाइ छ ।
कार्यक्रममा इराकमामा रहेका विभिन्न संघ सस्थाका पदाअधिकारी हरु उपस्थिति भइ कार्यक्रमको शोभा बढाइदिएको भन्दै २८५७ औँ राष्ट्रिय सोनाम ल्होछारको शुभकामना सहित कार्यक्रम संयोजक सरिस तामाङले स्वागत मन्तव्य राखेकी थिन ।
त्येस्तै कार्यक्रममा स्थानीय कलाकार ,लोक तथा दोहोरी गायिका सोनिय तामाङ ,सेलो गायक सजन शेर्पा, र्याप गायक दोर्जे घिसिङ , लगायतका कलाकारहरुको नृत्य प्रस्तुत गरेका थिये ।