दोहा, कतार
प्रबासी नेपाली एकता मंच कतारले संगठन बिस्तारलाई तिव्रता दिएको छ ।
संगठन बिस्तार अभियान अन्तर्गत मञ्चले शुक्रबार एक कार्यक्रमका बीच मुरआ क्षत्रीय कमिटी गठन गरेको छ ।
प्रबासी नेपाली एकता मंच कतारका उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख गणेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबासी नेपाली एकता मंच कतारका अध्यक्ष रामहरी गैरे, मञ्चका पुर्ब अध्यक्ष तथा सल्लाहकार परिषदका अध्यक्ष नरेश श्रेष्ठ, मञ्चका सचिबालय सदस्य तोयानाथ पौडेल, सदस्य मेहबुब आलम लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कमालुद्दिन फकिरको अध्यक्षतामा नबगठित मुरा क्षत्रीय कमिटीको उपाध्यक्षमा जमिरुल्ललाह मुसलमान, सलमान पान्डे, सचिबमा अब्दुल बसिर
र कोषाध्यक्षमा प्रबेज आलम मल्लिक रहनुभएको छ । कमिटीको सदस्यमा अब्दुल रफिक, बसिम मोहमद मुसलमान, प्रेमनाथ काहर, अब्दुल करिम, महमद रफिक र महमद मुस्तफा रहनुभएको छ ।
प्रबासी नेपाली एकता मंच कतारका उपाध्यक्ष यासिन मामाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संगठन बिभाग सद्स्य पदम बहादुर रानाभाटले गर्नुभएको थियो ।
मञ्चले संगठन बिस्तारलाई तीव्रता दिएको भन्दै छिट्टै अन्य क्षत्रीय कमिटीहरु पनि गठन गर्ने प्रबासी नेपाली एकता मञ्च कतारका उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख गणेश ढकालले बताउनुभयो ।