दोहा - कतारको परोपकारी संस्था कतार च्यारिटी द्वारा नेपाली समुदायका कतारमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।
च्यारिटीद्वारा गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई प्राप्त शैक्षिक सामाग्री कतारमा अध्ययनरत ५४ जना नेपाली विद्यार्थीहरूलाई वितरण गरिएको एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराए
च्यारिटी द्वारा मिति २६ सेप्टेम्बर २०२२ मा प्राप्त ६५ सेट डेस्कटप कम्प्युटर (CPU, Monitor, Keyboard & Mouse) मध्य एनसीसीको रोहवरमा कतार च्यारिटी द्वारा ५४ बिद्यार्थी लाई हस्तान्तरण गरिएको हो ।
११ जना बिद्यार्थीको ११ सेट कम्प्युटर बिद्यार्थी कतार बाहिर रहेका कारण हस्तान्तरण गर्न नसकिएको र सम्पर्कमा आएपछी हस्तान्तरण गर्ने एनसीसी कतारले बताएको छ ।
कतार स्थित नेपाली समुदायको परिवारका बिद्यार्थी हरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउने कतार च्यारिटी प्रती आभार प्रकट गर्दै बिद्यार्थीहरुको विवरण संकलन मा विशेष सहयोग गर्ने नेपाली महिला समाज कतारलाई धन्यवाद ब्यक्त गरेको गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारले जनाएको छ ।