दोहा,अक्टोबर २२। कतारमा महाकबी लक्ष्मी प्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती भब्यताका साथ मनाईने भएको छ।
कतारमा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको संयोजकत्व,सन्ध्याग्रुप अल्खोर कतारको साहित्यिक बिभाग मुग्लानी सौगात,नवोदित साहित्यिक वाचनालय कतार र गैर आवासीय नेपाली संघ कतार अन्तर्गत रहेको साहित्यिक बिभागको सह संयोजकत्वमा हुन लागेको उक्त बृहत् कार्यक्रममा नेपाल बाट अतिथी मदन पुरुस्कार बिजेता कवि तथा गितकार डा. नवराज लम्साल कतार आउने भएका छन।
कार्यक्रममा ११३ औं लक्ष्मी जयन्ती संगै अनेसास नवोदित साहित्यिक मासिक वाचन श्रृङखलाको १२९ औं वाचन डबली तथा सन्ध्याग्रुप (मुग्लानी सौगात) को ८८ औं वाचन डबली समेत हुने भएको छ।
यहि आउदो २८ अक्टोबर २०२२ का दिन नज्मा स्थित शालिमार स्थानबुल रेस्टुरेन्टको सभाहलमा स्थानिय समयानुसार बिहानको ठिक १२:३० बजे देखि शुरुवात हुने उक्त कार्यक्रममा कतारमा रहेर नेपाली भाषा साहित्यलाई माया गर्नुहुने , साधना गर्नुहुने साहित्यकार, कलाकार , लेखक,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई डा. लम्सालको सशुल्क एकल कबिता वाचन कार्यक्रम श्रवण गरि भब्य तथा सभ्य रुपमा सफल बनाईदिन हुन सम्पुर्णमा आयोजक मुल समारोह समितीले अनुरोध गरेको छ।
त्यसैगरी उक्त कार्यक्रममा कतारमा रहेर नेपाली भाषा साहित्यलाई अथाह माया गर्नुहुने साहित्यकारहरुका कबिता,गजल मुक्तक लगायत दमदार साहित्यिक रचना समेत वाचन गरिनेछन।