दोहा, लुम्बिनी प्रदेश समन्वय परिषद कतारले आफ्नो चौथो वार्षिकोत्सब तथा पाँचौ स्थापना दिवसको अवसरमा रक्तदान गर्ने भएको छ।
लुम्बिनी प्रदेश समन्वय परिषद, कतार सन् १२ जनवरी २०१८ मा स्थापना भई यो वर्ष ४ वर्ष पुरा हुँदैछ । स्थापनाको यो चौंथो वार्षिकोत्सव तथा पाँचौं स्थापना दिवसको शुभ अवसर पारि लुम्बिनी प्रदेश समन्वय परिषद, कतारको आयोजना तथा लुम्बिनी प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्ला संस्थाहरुको सह-आयोजनामा १३ जनवरी २०२३ शुक्रबारका दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान गर्ने भएको छ।
स्थानिय समयानुसार बिहानको ठिक ८:०० बजेदेखि दिउसोको १:०० बजे सम्म हुने संस्थाका महासचिव टेकराज थापाले मुग्लानी खबरलाई जानकारी गराएका छन। उक्त रक्तदान कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण क्रियाशिल संघ संस्थाका प्रमु्ख, तथा बुद्धिजिवी, व्यवसायी, समाजसेवी,पत्रकार, साहित्यकार, कलाकार एवं कतारका रहुनुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई रक्तदान जस्तो महान कार्यमा उपस्थित भैई कार्यक्रम सफल बनाईदिन हुन समेत आयोजकले अनुरोध गरेको छ।