
खुट्किला प्रतिष्ठान नेपालले यहि ६ मार्च २०२० मा रुबिभ्याली गाउँपालिका ३ मा अन्तर्राष्ट्रिय नारी दिवसको अन्तिम तयारी रहेको छ ।
बिगतका दिनहरुमा जस्तै यस वर्ष पनि खुट्किला प्रतिष्ठान नेपालले कार्यक्रमको अयोजना गरेका छन्
समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख,दिदी-बहिनीको स्नेह,श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन्,तिनै नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस्, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।
संसारले यसअर्थमा नारी दिवसको दिन नेपालीले राष्ट्रको महत्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनौटलाई वेवास्ता गर्न सक्दैन । तर पनि कमजोर कानूनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गीक संरचनाका कारण दैनिकजसोका समाचारमा महिला हिंसाका कैंयन घटना सार्वजनिक हुन्छन्, कति कानूनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखाैटाबिच लुकाइन्छ, दबाइन्छ ।
समाजमा व्याप्त अतिवादी सोंच र संकिर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ औ शताब्दिको यो अत्याधूनिक यूगमा बोक्सिको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन जब एउटी महिला निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन् । पुरानो उखान छ, ''यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता''... अर्थात्, ''जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्" । तर लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ... सतिले सरापेको देशको दाग त्यतिकै भएको हैन लाखाैं सामाजिक संकिर्णताका सिकार महिलाहरूको आशु नै हो जो अहिले कुनै अर्को कारणले बगेकै, धेरै कारणले समस्या यथावतै छ ।