जोरपाटी, काठमाडौं - जोरपाटीस्थित छिमेकी पार्टी प्यालेसमा तीज विशेष बृहत सांस्कृतिक कार्यक्रम २०८२ भव्यताका साथ सम्पन्न भएको छ।
तरना कला केन्द्र, तरना महिला विकास समिति र राष्ट्रिय जनसंगीत कलाकार संघ नेपालको संयुक्त आयोजना तथा विभिन्न संघसंस्थाहरूको सह-आयोजनामामा भएको कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता तथा उपप्रमुख सान्नानी लामाको विशिष्ठ आतिथ्यतामा भएको थियो । कार्यक्रम तराना कला केन्द्रका अध्यक्ष बसन्ती लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नगर प्रवक्ता एवं गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको विशेष आतिथ्यता तथा गोनपा ५ का वडा सदस्यहरु लक्ष्मी पुडासैनी, कमला नेपाली, गाेनपा ८ का वडा सदस्य सुमन लामा लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहआयोजकमा पिपल चौतारी महिला समुह, शुभ बिहानी महिला समूह, नारायणटार महिला समुह, उत्तरगया महिला समुह लगायत रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा गोकर्णेश्वर नगर प्रमुख दिपक रिसालले बोल्दै हरितालिका तिजको महत्वलाई दर्साउदै एक अर्कामा आत्मियता दर्साताथा सौहार्दताको वृद्धि संगै मौलिक संस्कारको समेत संरक्षण हुने तीजलाई सभ्य रुपमा मनाउनु पर्ने जानकारी गराउदै आयोजक लाई धन्यबाद तथा सम्पूर्ण नारीहरुमा शुभकामना ब्यक्त गरेका थिए।
त्यसैगरी बिशिष्ठ अतिथि तथा नगर उपप्रमुख सान्नानी लामा, बिशेष अतिथि तथा नगर प्रबक्ता नारायण बहादुर सुबेदी लगायत बिशेष अतिथि अतिथि, विभिन्न पार्टिका प्रमुख तथा प्रतिनिधिहरु,सामाजिक संघ संस्थाका प्रमुखहरुले मन्तब्य राखेका थिए।
कार्यक्रम संयोजक बसन्ती लामा तामाङले मुग्लानी खबरलाई दिएको जानकारीअनुसार यो कार्यक्रम विशेष गरी महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। यसको मुख्य उद्देश्य वर्षभरिका पीडाहरू बिर्साउन, विभिन्न संघसंस्थामा आबद्ध भएका वा नभएका दिदीबहिनीहरूबीच परिचय, सौहार्दता र आत्मीयता बढाउन, सक्रियता अभिवृद्धि गर्न र नेपालको कला, संस्कृति तथा मौलिकताको संरक्षण गर्नु रहेको थियो।
कार्यक्रममा सामूहिक तथा एकल नृत्य, गायन लगायतका मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए । थप रमाइलोका लागि नृत्य र गायन प्रतियोगिताहरू पनि आयोजना गरिएको थियो। नृत्य तर्फ कुसुम लोप्चनको टोली प्रथम र गायनतर्फ रमा धितालको टोली प्रथम भएको आयोजकले जनाएको छ। प्रथम, द्वितीय र तृतीय हुने सबै टोलीहरूलाई आयोजकले हार्दिक बधाई दिएको छ भने निर्णायकहरूलाई विशेष धन्यवाद व्यक्त गरेको छ।
हरितालिका तीजको परम्परालाई जीवन्त राख्दै विशेष दर खाने कार्यक्रम पनि आयोजना गरिएको थियो। उक्त अवसरमा राष्ट्रिय प्रथम महिला मादल वादक शुसिला बुढा मगरलाई सम्मान गरिएको थियो, जसले कार्यक्रमको गरिमालाई थप उजागर गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, पत्रकारहरू, विभिन्न महिला समूहका प्रतिनिधिहरू, टाढाटाढाबाट उपस्थित साथीहरू र सम्पूर्ण दर्शकहरूको सहभागिताले कार्यक्रमलाई भव्य र स्मरणीय बनाएको थियो भने सयौ महिला दिदीबहिनीहरुले दिनभरी नै रमाइलोमा झुमेका थिए । यस कार्यक्रममा राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरूको बेजोड प्रस्तुतिले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।
तरना कला केन्द्रको सातौं वार्षिक उत्सवको अवसरमा आयोजित यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै तह र तप्काका व्यक्तिहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।