आदर्श प्रधान
मनोपरामर्शदाता, होलिस्टिक माइन्ड्स धापासी
अहिले विश्वमै जति अत्याधुनिक अस्पताल बनिरहेका छन्, त्यत्तिकै अनुपातमा मानिसलाई नयाा–नयाा रोग लाग्ने क्रम पनि बढेको छ । कतिपय रोगी अस्पताल गएर पनि रोग ठीक नभएको बताउाछन् । अस्पतालमा अत्याधुनिक उपकरणबाट रोगको परीक्षण त हुन्छ नै, तर रोग निदान अत्यन्त न्यून रूपमा भइरहेको छ । मेडिकल साइन्सले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ । त्यसैले त अहिले मेडिकल साइन्सले पनि ‘रोगलाई होइन, रोगीलाई उपचार गर्नुपर्छ’ भन्ने धेरै रिपोर्ट सार्वजनिक गरेका छन् । उनीहरूका अनुसार एउटै रोग लागेको दुई व्यक्तिलाई गरिएको सम्पूर्ण परीक्षणमा एउटै समस्या देखियो, रिपोर्ट पनि एउटै निस्कियो । तर, दुवै रोगीलाई एउटै औषधिले ठीक पार्न सकेन । त्यसैले रोगभन्दा पनि रोगीलाई उपचार गर्नुपर्नेमा उनीहरू सहमत भएका छन् ।
शरीर र मनको सम्बन्ध
शरीर र मनबीच एकदम नजिकको सम्बन्ध छ । कुनै पनि मनमा भएको तनाव वा हर्षको प्रतिक्रिया तुरुन्त शरीरमा देखापर्छ । त्यस्तै, शरीरमा भएको सानोभन्दा सानो क्रियाको असर पनि मनमा परिहाल्छ । धेरै रोग शारीरिकभन्दा पनि मानसिक खालको पाइएको छ । जति शरीर परीक्षण गराएर औषधि खाँँदा पनि निको हुन नसक्नुको कारण यही हो । हाम्रो मनमा दबेका विचार, आवेगबाट हाम्रो शरीरमा रोग लाग्छ । तर, हामी लक्षणको उपचार गरिरहेका हुन्छाौ । जबसम्म रोगको मूल कारणको उपचार हुादैन तबसम्म रोग बल्झिरहन्छ । अत: रोगको मूल कारण त हाम्रै मन हो । त्यसैले मनको बिरामीले गर्दा हाम्रो शरीरमा रोगका ग्रन्थि पैदा गरिदिन्छ । उक्त अनावश्यक ग्रन्थिले शरीरको रक्तसञ्चारदेखि अंगहरूले गर्ने कार्यक्षमतामा बाधा पुर्याउँछ । यसरी हाम्रो शरीरमा रोग बढ्दै जान्छ । यस्तो अवस्थामा शरीरमा पीडा हुन थाल्छ । शरीरमा विभिन्न संवेदना उब्जन्छन् । हामी यस्तो समस्यालाई शारीरिक या मानसिक भनेर छुट्याउन सक्दैनाौ ।
मनलाई सफा गर्ने विधि: रेचन
रेचन अर्थात् कैथारसिस मनलाई सफा गर्ने अति आवश्यक विधि हो । कुनै सिद्धान्त, धर्ममा आधारित नभएर प्रयोगको लागि बनाएको अध्यात्मिक विधि हो– कैथारसिस ।
हाम्रो मस्तिष्कमा चेतन–अचेतन रूपमा हजारौा संवेदना, भावहरू दबेका हुन्छन् । उक्त कुरा मनबाट निकाल्ने क्रिया नै कैथारसिस हो । बच्चालाई कुनै कुरा चित्त बुझेन भने उनीहरू तत्कालै रोएर, कराएर पीडालाई बाहिर ल्याउाछन् । त्यसैले त केही क्षणमै खुसी भएर बोल्न थाल्छन् । तर, हामी केही कुरा मन परेन भने रुन वा कराउन सक्दैनौा । हामीले दैनिक हजारौा विचारलाई दबाएका हुन्छौा । त्यसैले कहिल्यै मानसिक रूपमा स्वस्थ हुन सकेका हुादैनाौ ।
रेचन अत्यन्त सरल वैज्ञानिक विधि हो । यस्तो सरल विधिले पनि ठूलो काम गर्छ भन्ने शंका होला । रेचन महिनाको एकचोटि प्रत्येक मानिसलाई गर्न जरुरी छ । एकचोटि गर्दा सफलता नमिल्दैमा हतारिनुपर्दैन । अभ्यासले मानिसको चेतनालाई रूपान्तरण गर्न सक्छ । रेचन गरिसकेपछि मनभित्र दबेका कुण्ठा, भावहरू निक्लिने र शरीरको नचाहिने ग्रन्थि पनि विसर्जन हुन्छ । यसरी पुराना रोग पनि सजिलै निको हुन सक्छ ।
रेचन क्लब आवश्यक
रेचनलाई क्लब बनाएर सामूहिक प्रयोग गर्न सकेमा यसले स्वास्थ्य सुधारमा क्रान्ति ल्याउाछ । धर्म, दर्शनसाग नजोडेर वैज्ञानिक प्रशिक्षण दिादै जाने हो भने स्वास्थ्यमा मात्र होइन, आध्यात्मिक यात्रामा पनि ठूलो सहयोग मिल्छ ।
रेचन गर्ने सरल तरिका
-रेचन गर्न फुर्सद भएको कुनै दिन कोठा बन्द गरेर एक्लै बस्न सकिन्छ ।
– आफूलाई होसपूर्वक नियाल्ने । शरीरमा के भइरहेको छ, जान्ने ।
– मनमा के भइरहेको छ, हेर्ने । प्रत्येक क्रियाकलापलाई स्वीकार भावले हेर्दै जाने गर्नुपर्छ ।
– शान्त भएर हेर्दै जाने । त्यतिवेला शरीर आफौ चल्न खोज्ने, कम्पन हुन खोज्ने आदि हुन सक्छ । कोहीलाई रुन चिच्याउन, कराउन मन लाग्ने पनि हुन सक्छ । जे गर्न मन लाग्छ, गर्दै जाने । कुनै कुरालाई रोक्नुपर्दैन । कसैप्रति रिस उठेको छ भने सिरानीलाई पिटेर आफ्नो आवेग शान्त पार्न सकिन्छ ।
– त्यसपछि शान्त भएर बस्ने । नयाँ पत्रिकाबाट - See more at: http://www.enayapatrika.com/2016/08/85095#sthash.CZHkVc1p.dpuf