मुग्लानी खबर-२१ चैत्र शुक्रवार
झापा केर्खा ,बसन्त राज सुब्बा - उद्यमशिल महिला जागरण केन्द्र र कर्णाली सहकारीद्वारा संयुक्त रुपमा झापा स्थित कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको हातमा राहत रकम हस्तान्तरण गरिएको छ।
विश्व (covid 19) कोरोना भाइरसको संक्रमणका विरुद्ध लड्न सरकारद्वारा घोषित लकडाउन भएको आज एघारौ दिन भएको छ।परिणामस्वरूप दैनिक उपभोग्य सामाग्री हरुमा दिनानुदिन प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनस्तरमा समस्या उत्पन्न भैरहेको छ।बिशेष गरि हुँदा खाने दैनिक ज्यालादारी,मजदूरी तथा गरीबी बिपन्न बर्गहरुमा खाद्यान्य र उपभोग्य वस्तुहरुको अभाव भैइरहेको छ।उक्त समस्यालाई मध्येनजर गर्दै केन्द्र सरकारद्वारा प्रदेश सरकारहुदै स्थानीय सरकारमा राहत कोष खडागरी राहत वितरण कार्यक्रम अघि बढ़ीसकेको छ । कतिपय मनका धनी ब्यक्तिहरुले देशलाई आइपरेको संकटका बेलामा सरकारको मात्र मुख मात्र ताक्न नहुने भन्दै सस्था तथा ब्यक्तिगत रुपमा अग्रसर देखिएका छन । झापा,कमल गाउँ पालिकाले केन्द्रको परिपत्र अनुरूप एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने योजना अनुरुप स्थानीय सरकारमा आएको राहतको लागि कमल गाउँपालिकाको सातै वार्डले आश्रित लागत संकलन गरी सकेको छ ।
जसमा हिजो कर्णाली सहकारीको तर्फबाट कमल गाउँ पालिका कोरोना भाईरस रोकथाम तथा नियन्त्रण राहत कोषमा सहकारीका प्रतिनिधी तथा लालिमा आवाशीय बोडिङ स्कुलका founder principal गौरिमान फागोले गाउँ पालिका अध्यक्ष मेनुका काफ्लेको हातमा रु. ५०,०००/- को चेक हस्तान्तरण गरेका छन।त्यस्तैगरी उद्यमशिल महिला जागरण केन्द्र केरखा झापाको तर्फ़बाट रु १०,०००/- को चेक सस्थाका अध्यक्ष शान्ता दाहाल, सचिब गौरी चेम्जोङ राईद्वारा गत चैत २० गते वडा न ३ को कार्यलयमा अध्यक्ष मेनुका काफ्लेको हातमा हस्तान्तरण गरिएको थियो।
उक्त रकम ग्रहण गर्दै काफ्लेले देश पुरै कोरोना जस्तो महामारी को परिस्थितिमा सरकारले लागू गरेको लकडाउन अबस्थाले निम्न आर्थिक स्थिति भएका नागरिकहरुमा खाद्यान्नको अभाव भैइरहदा मानवीयताको नाताले सहयोगको भावना राखी वितरणमा सरकारले ल्याएको एकद्वार नीतिमा सामेल भई रकम दान गर्नु हुने दुबै समूहलाई धन्यवाद दिदै त्यहीबाट सम्पूर्ण कमल गाउपालिका बासीहरुलाई आफ्नो घरमा बसी सरकारको नीति अनुरुप लकडाउन सफल पारी सुरक्षित बसिदिन आग्रह गरेकी थिइन।
उक्त हस्तारण कार्यक्रममा वार्ड न.-३का अध्यक्ष नर प्रसाद दङ्गाल,वडा सदस्य चक्र गुरुङ्ग गाउँ पालिकाका कार्यकारी अधिकृत सुबास श्रेष्ठ, बाणिज्य संघ केर्खा साखाका अध्यक्ष उमानाथ भन्डारी , छत्रहाङ फागो, बिरेन्द्र अधिकारी,मोहन श्रेष्ठ , वीरेन्द्र यक्थुम्बा लगाएत पत्रकार हरुको उपस्थित रहेको थियो।