झापा केर्खा
बसन्त राज सुब्बा -
झापा जिल्ला स्थित कमल गाउँपालिकाद्वारा वडा न ३ मा रहेका ९ टोलका जम्मा १९० घर परिवारलाई खाद्यान्य वितरण सम्पन्न गरेको छ।
विश्व ब्यापी माहामारीको रूपमा फैलिएको काेरोना भाईरस (काेभिड१९) काे संक्रमण विरुद्ध लड्न नेपाल सरकारबाट घाेषित लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी मज्दुर,निम्न आयश्रोत तथा बिपन्न बर्गका नागरिकहरुको दैनिक गुजारा गर्न कठिनाई परेका परिबारलाई राहत वितरण गर्ने नेपाल सरकारद्वारा खाद्यान्न वितरण प्रबन्धन मिलाएको हुनाले प्रदेश ,स्थानीय सरकार हुदै झापा,कमल गाउँ पालिकाले केन्द्रको परिपत्र अनुरूप एक दुवार प्रणाली बाट राहात वितरण गर्ने योजना आएको हुदा राहतको लागि कमल गाउँपालिकाको सातै वडा मार्फत आज मिति २०७६/१२/२२ गते शनिवार कार्य सुरु भएको छ ।
जसमा वडा न ३ मार्फत वितरण कार्य ९ टोल रहेको जम्मा १९० घर परिवारलाई खाद्यान्न वस्तु चामल एक परिवार ५ भन्दा मुनि जनसंख्या भएकोलाई १५ केजी चामल त्यो भन्दा बढ़ि परिवारलाई २० केजी चामल र सबै लाई चामल सगै दाल ,नून समेत टोल टोलमा राहत वितरण गरीएको छ । त्यस्तै गरी राहात पुगाेस भन्ने उद्देश्यका साथ टोल बिकास संस्था कमल ३ बोहोरा टोलले कमल गाउँ पालिका अध्यक्ष मेनुका काफ्लेलाई रू१५०००/- (पन्द्र हजार) बराबरकाे चेक टाेल बिकास अध्यक्ष गाेपाल बाेहाेरा र सचिव राजन चापागाईं ले हस्तान्तरण गर्नु भएको थियो ।
झापा जिल्ला कमल गाउपालिका अन्तर्गतका प्याव्सन अावद्ध संस्थागत विद्यालयहरुले कमल गा.पा. विपद् व्यवस्थापन काेषमा अाज मिति २०७६/१२/२२ गते रु. १५००००/-(एक लाख पचास हजार )काे चेक कमल गाउपालिका अध्यक्ष मेनुका काफ्ले ज्युलाई हस्तान्तरण गरेका छन जसनुसार फोनिक्स इङ्लिस बोर्डिङ स्कुल-१०,०००,लालिमा ईङ्लिश बोर्डिङ स्कुल- १०,०००,
नवोदित माध्यामिक बिध्या मन्दिर- १०,०००,इभरग्रीन इङ्लिस बोर्डिङ स्कुल-१००००,स्टार इङ्लिश बोर्डिङ स्कुल-१००००,निहारिका इङलिस बोर्डिङ स्कुल-१००००,पाथिभरा इन्द्लिश बोर्डिङ स्कुल-१००००,साउथ पोल एजुकेसन फाउन्डेसन-१००००,हिमाली इङ्लिश बोर्डिङ स्कुल-१००००,मुनसुन ईङ्लिश बोर्डिङ स्कुल-१००००,बिध्यासदन इङ्लिश बोर्डिङ स्कुल-१००००,शुभारम्भ इङ्लिश बोर्डिङ स्कुल-५०००,चन्द्र ज्योती इङ्लिश बोर्दिङ स्कुल-५०००,लिटल एन्जलस ईङ्लिश बोर्डिङ-५०००,लखनपुर इजुकेसन फाउन्डेसन -५०००,केर्खा पब्लिक इङ्लिश बोर्डिङ स्कुल-५०००,न्युलाईफ इङ्लिश बोर्डिङ स्कुल- ५०००,सरस्वती इङलिस बोर्डिङ स्कुल- ५०००,उज्यालो एजुकेसन फाउन्डेसन -५००० गरि जम्मा रु १५०,००० राहत कोषमा जम्मा भएको छ।
खाद्यान्न वितरणमा प्रमुख प्रशासकिय अधिकृत सुबास श्रेष्ठ ; वार्ड ३ वडा अध्यक्ष नर प्रसाद दंगाल सामाजिक व्यक्तित्व भिम राई ,छत्र फागो , गाैरीमान फागो , सेलिना राई, उमानाथ भण्डारी , बिरेन्द्र अधिकारी , गाैरा चापागाईं लगायत सहभागिता रहेको थिए।