बागमती - काठमाण्डौ स्थित गोकर्णेश्वर नगरपालिकामा नगर स्तरिय वडा अध्यक्ष खुल्ला दौड कप प्रतियोगिता सम्पन्न भएको छ।
सुन्ताखाना युवा क्लबको आयोजनामा भएको उक्त कार्यक्रम क्लबका अध्यक्ष हरिबोल बिस्टको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको हो।त्यसैगरी विशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका उपमेयर शान्ती नेपाल,अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका वडा न . ३ का अध्यक्ष राजेन्द्र भन्डारी,प्रमुख सल्लाहकार दिपक रिसाल लगाएत बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु , वडाका वडा अध्यक्षहरु,सदस्यहरु,बुद्धीजिबि ,खेलाडी लगाएतको बाक्लो उपस्थिती रहेको थियो।
प्रथम पटक सुन्ताखान युवा क्लब को आयोजनामा गरिएको उक्त कार्यक्रममा वडा न ३ .का वडा अध्यक्ष राजेन्द्र भन्डारीले अहिलेसम्म ल्याएर आएका कुनैपनी कार्यहरुलाई ढिलो चाडो,थोरै धेरै जे भए पनि आफुले खाली हात नपठाएको बताएका थिए। कुनै पनि नगरपालिकाले दिएको बजेट वडामा होल्ड गर्न मिल्दैन उनले भने यो कुरालाई सम्पुर्ण खेलप्रेमी युवाहरुले सुझाबको रुपमा बुझिदिन आग्रह गर्दछु।
त्यसैगरी विशेष अतिथी शान्ती नेपालले हाम्रो लक्ष भनेको युवाहरुलाई प्रोत्साहन गर्दै अगाडी बढाउने हो जुन अहिले पुराहुदैछ भन्दै सम्पुर्ण खेलाडीहरुलाई धन्यबाद ब्यक्त गरेकी थिईन।मेयर सन्तोष चालिसेले बोल्दै अबको खेल विशेष हुने र सम्पुर्ण खेलाडीहरुको जिम्मा नगतपालिकाले लिने बताए भने प्रथम द्वीतिय तृतिय हुने खेलाडीहरुको अभिलेख नगरपालिकामा राखिने जनाउदै कुनै पनि म्याराथन खेल हुँदा नगरपालिका मार्फत अवसर दिईने बताएका थिए।त्यसैगरी युवाहरुलाई खेलहरुमा भाग लिन आग्रह गर्दै लास्टमा परे भन्दै चुप लाग्न नहुने बताए। त्यसैगरी गत बर्षहरुमा खेल कहाँ कस्ले खेल्यो कुनै पत्तो नभएको बताउदै अब उत्कृष्ट खेलाडीहरुलाई नगरपालिकाको सम्पतिको रुपमा लिईने र खेल खेल्न कतै जादा पनि सम्पुर्ण खर्चको ब्यबस्था नगरपालिकाले ब्यहोर्ने बताए।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई विमान लामाले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण रोजिना बिष्टले गरेकी थिइन।