काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका स्थित भगवती युवा क्लबको १५ औ वार्षिक उत्सवका साथै गत २०७७ चैत्र २८ गते देखि संचालन भैई २०७८ बैशाख ३ गते सम्मका लागि संचालित ब्याडमिन्टन प्रतियोगिताको फाईनल खेल सम्पन्न भएको छ। भगवती युवा क्लबका अध्यक्ष संञ्जय बिकको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथिहरु वडा न ९ का वडा अध्यक्ष राजिब थापा,BYC ब्याडमिन्टनका अध्यक्ष कारन्जित,संरक्षक शिवराम कारन्जित,सल्लाहकार सुमन ताम्राकार ,पुर्व अध्यक्ष श्रीकृष्ण करान्जित,राष्ट्रिय रेफ्रीहरु अनुप रत्न शाक्य,केदार धिमाल,राजु देउजा,मन्दिरा न्यौपाने ,बहुउदेश्य सामुदायिक भवनका अध्यक्ष छिरिङ शेर्पा, शंखडोल भगवती महिला समुहको अध्यक्ष ज्ञानमाया कारन्जित,गोकर्णेश्वर नगरपालिका ब्याडमिन्टन समिती संयोजक सपेज पुडासैनी लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,विभिन्न खेलप्रेमी नगरबासी दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो!
विभिन्न खुल्ला प्रतियोगिता अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा प्रथममा गोकर्णेश्वर नगरपालिका ब्याडमिन्टन टिम( गणेश श्रेष्ठ र राजन श्रेष्ठ),द्वीतियमा गोकर्ण ब्याडमिन्टन समिती( डम्बर बहादुर तामाङ,वीर बहादुर लामा), तृतीय BYC (श्रीकृष्ण करान्जित,मोहन श्रेष्ठ) लगाएत रहेको थियो त्यसैगरी खुल्ला दौड तर्फ क्रमस: प्रथम छिरिङ शेर्पा,द्वितीय दिपेन तामाङ,तृतीय प्रदिप श्रेष्ठ , चौथो निराजन तिवारी,पाचौ राज कुमार राई,महिला तर्फ प्रथम अञ्जलि करान्जित,द्वितीय अनिता तामाङ,तृतीय आस्था शाह,चौथो एमारिका अधिकारी,पाचौ वाङछेमु शेर्पा रहेका थिए।
गोकर्णेश्वर नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी सन्तोष चालिसेले बोल्दै ब्याडमिन्टन खेलमा नगर समिती गठन पश्चात् नवल पुडासैनीको संयोजकत्वमा अर्को नगरपालिकामा समेत गएर प्रतियोगितामा भाग लिई यस नगरपालिकाको नाम उच्च बनाएकोमा धन्यबाद दिएका थिए।त्यसैगरी सबै बिधाका सम्पुर्ण बरिश्ठ खेलाडीहरुको नाम नगरपालिकाले दर्ता गरि राख्ने योजना अनुरुप अगाडि बढ्ने बताए जस्ले गर्दा जुनसुकै नगरपालिकामा जादा कुन बरिस्ठ भनेर खोज्नु नपर्ने बताए। विभिन्न खेलमा भाग लिई गोकर्णेश्वर नगरपालिकाको नाम उच्च राख्ने सम्पुर्ण खेलाडीहरुलाई धन्यबाद तथा सफलताको शुभकामना ब्यक्त गरेका थिए।