झापा: कमल गाउँपालीका वडा.नं-५, साबित्र-चोक उत्तर तिर पर्ने आदिवाशी समाधी स्थल ब्यबस्थापन गर्नको लागि नयाँ कार्यसमिति चयन गरेमो छ।
बिगत लामो समय देखी अव्यवस्थित फोहोर मैला साथै त्यहाँका समाधीहरुमा केही अज्ञात ब्यक्तीहरुद्वारा समाधी भित्र पुरिएका चिहानहरुम चढाईएका पैसा गहनाहरु निकाली अव्यवस्थित तथा दुषित बनाई छोडिएका कारण साबित्रा-चोक सेरोफेरोमा रहेका गाउँ घरहरुमा असर पर्न गएको थियो।
विभिन्न संघ संस्थाहरु माझ पहल गर्न खोजिएता पनि स्थानिय सरकारबाट चासो नदिएको गुनासाहरु पनि उपस्थित सहभागीहरुले जानकारी गराएका थिए र अब आउदा दिनहरुमा उक्त समाधिस्थलाई स्थानिय र सरोकारवालाहरुले कसरी ब्यबस्थित सुरक्षीत गराउने भन्ने बारेमा छलफल पस्चात उक्त स्थलको संरक्षणका लागि ९ सदस्यीय नयाँ समिति निर्माण गरेको छ ।
आदिवासी रङ्गशाला तथा स्मृती प्रतिष्ठान समितिको अधिनिमा रहनेगरी समाधिस्थल ब्यबस्थापन नयाँ कार्यसमितिमा संम्योजकमा धिरेन्द्र साम्बाम्फे, सदस्य सचिवमा देवेन्द्रराम आङ्दाम्बे क्रमश:सदस्यहरु जय मोक्तान, यमप्रकाश सुब्बा, हरिदेवी राई, रोमन कयु, टोम बास्कोटा, नेम आङ्देम्बे र कविन्द्र शेर्मा गरि ९ सदस्यीय गठन भएको छ भने सो कमिटिले प्रथम भेलागरी थप चार सदस्य चयन गरि जम्मा १३ सदस्यीय रहने निर्णय गरेको छ।
कार्यक्रममा नेपाली काङ्ग्रेसकी सांसद महेन्द्रकुमारी शुब्बाले आफ्नो भनाई राख्दै बिबादस्पद आदिवाशी रङ्गसाला बारे एमालेका पार्टिका अध्यक्ष केपी शर्मा ओली मात्रै दोषी नभई केही आदिवाशी जनजातिको पहिचान शुन्नै नचहाने तिनजनाको नाम सहित बताउदै ती ब्यक्तिहरु चिन्नुपर्ने बताए ।
केपी ओली प्रधानमन्त्री हुँदा मदन भण्डारीको नाममा बजेट लाउने प्रयास गरेको र आदिवाशी रङ्गशाला नाम हुँदा बजेट नलगाउने जस्ता कुरामा आफू सदनबाट नै लड्दै आएको बताईन र स्थलगत रुपमा सरोकारवाला र स्थानियहरुको प्रतिकारले गर्दा उक्त रङ्गसालाको नाम आजसम्म मदन भडारी बनाउन सफल नभएको र अब हुन नसक्ने बताउदै अबको आफ्नै गठबन्धन सरकाले रङ्गशाला र समाधिस्थल बारे आफू सक्दो सरकारमा पहल गर्ने धारणा ब्यक्त गरेकी थिईन ।
रङ्गशाला तथा स्मृती प्रतिष्ठान समितिका अध्यक्ष हुकुमशिङ राईले केपि ओलीको सरकार ढलेपछी आफुहरु डेलीगेशन लिएर गएको बताउदै अब उप्रान्त सरकारको रङ्गशालाको नाममा बजेट आउदा आदिवासी रङ्गसालाकै नाममा आउने बताएका थिए ।
कार्यक्रम लाई सहजकर्ताको रुपमा स्मृती प्रतिष्ठाका महासचिव दिपेनवाला राईले गरेको थियो भने कार्यक्रमको सञ्चालन स्मृती प्रतिष्ठानकी कोषाध्यक्ष तथा कार्यक्रम संम्योजक बिष्णु भट्राईले गरेकी थिइन।