दोहा, कतार
नेपाल प्रवासी तामाङ समाज, कतारको ११ औं अधिवेशन (२०२६) भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुबास तामाङको सभापतित्वमा सम्पन्न अधिवेशनले चित्र लामा तामाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख सल्लाहकार धिरेन तामाङ रहनुभएको थियो भने विशेष अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासङ्घ कतारका अध्यक्ष राकेश श्रेष्ठ,एनआरएनए कतारका प्रतिनिधि, कतारमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिसहित लामा गुरु डवाङ सोइपा लामा लगायतको बाक्लो उपस्थिति रहेको थियो।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्री बहादुर पाख्रीन तामाङ, प्रथम उपाध्यक्षमा सञ्जय पाख्रिन तामाङ, द्वितीय उपाध्यक्षमा बिनिता घिसिङ तामाङ, महासचिवमा गणेश रुम्बा तामाङ, उपमहासचिवमा रुपेश ब्लोन तामाङ, सचिवमा सुशीला तामाङ, कोषाध्यक्षमा भिम मम्बा तामाङ र सह–कोषाध्यक्षमा गंगा बहादुर मोक्तान तामाङ चयन हुनुभएको छ।
यसैगरी, कार्यसमिति सदस्यहरूमा सत्यमान तामाङ, कर्ण बहादुर घिसिङ तामाङ, सिता माया वाइबा तामाङ, मन बहादुर तामाङ, वीर बहादुर तामाङ, कुन्ती तामाङ, रुस्तम मोक्तान तामाङ, राजन स्याङ्तान तामाङ, कविन बल तामाङ, सर्मिला तामाङ, सबिता घिसिङ तामाङ र मिना योञ्जन तामाङ निर्वाचित हुनुभएको छ। निर्वाचन प्रक्रिया निर्वाचन संयोजक धिरेन तामाङको टोलीले सम्पन्न गराइ नव निर्वाचित समिती लाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् प्रमुख सल्लाहकार धिरेन तामाङले नवनिर्वाचित हुने कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै नयाँ कार्यसमितिले तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै कतारमा रहेका सम्पूर्ण तामाङ समुदायलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै समाजको संस्थागत विकास, सामाजिक एकता र आपसी सद्भावलाई अझ सुदृढ बनाउँदै नयाँ नेतृत्वले सफलताका साथ जिम्मेवारी निर्वाह गरोस् भन्दै शुभकामना दिनुभयो।
समारोहमा संस्थालाई निरन्तर योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तिहरू, अग्रज व्यक्तित्वहरू तथा सहयोगी संघसंस्थाहरूलाई उहाँहरूको उल्लेखनीय योगदानको कदर गर्दै सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
अधिवेशनमा मोइराम तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने विशेष सल्लाहकार तेज मोक्तान तामाङले तामाङ समाज कतार स्थापना गर्नुको उद्देश्य र भावी दिशाका बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव श्री पाकृङ तामाङ र सचिव चित्र लामाले संयुक्त रूपमा गर्नुभएको थियो।
सोही समारोहका बीच गायक अप्रिल लामाको नयाँ तामाङ गीतको औपचारिक विमोचन गरिएको थियो । सांस्कृतिक कार्यक्रमअन्तर्गत कलाकारहरू सृष्टि लामा, सरिता वान्तावा राई, सरला तामाङ लगायतले आकर्षक तामाङ सेलो, म्हेन्दोमया गायन तथा नृत्य प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई मनोरञ्जन दिलाएका थिए।
कार्यक्रमको सभापतित्व गर्नुभएका अध्यक्ष सुबास तामाङले अधिवेशनलाई सभ्य र भव्य रूपमा सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, सञ्चारकर्मी, कलाकार, स्वयंसेवक तथा उपस्थित आम जनसमुदायलाई हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्नुभयो। उहाँले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै ११ौँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको औपचारिक घोषणा गर्दै कार्यक्रमको समापन गर्नुभयो।
तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण" भन्ने मुख्य नाराका साथ सन् २००५ मा तामाङ समाज कतार
स्थापना भएदेखि नै आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति र पहिचान जोगाउनका निम्ति प्रवासमा रहेर पनि निरन्तर रूपमा विभिन्न सांस्कृतिक तथा सचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ।