बिरेन्द्र कुमार याक्थुङ्बा ( झापा) : कमल गाउँपालिका संघीय लिम्बुवान मञ्चका अध्यक्ष अमर मावोहाङ लिम्बुको अध्यक्षमा हिजो माघ १५ गत्ते पाडाजुङीको पतङ्वा हलमा कार्यसमिति निर्माण गरेको छ। कार्यक्रममा सम्शेर लावतिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती गठन गरिएको हो।
जसनुसार: प्रथम उपाध्यक्ष देवि माया दर्जी, द्वीतिय उपाध्यक्ष प्रज्वल लिम्बु, सचिव मणिकुमार लिम्बु , सहसचिव निर्मला लिम्बु, कोषाध्यक्ष काजीमान कन्दङ्वा, सदस्यहरु क्रमश:एलिशा लिम्बू,तारा राई,सानू लिम्बू याममाया थुलुङ,पद्मा मग्राली लगाएत रहेका छन। गठनमा ५ नं वडाको चारैक्षेत्रलाई समेटिने गरी गठन गरिएकोछ। उक्त पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रियमञ्च लिम्बुवान प्रान्तिय उपाध्यक्ष बिष्णु भट्राराईले पद तथा गोपनियताको सपथ खुवाएकी थिइन भने पार्टिको मुद्दा र एजेण्डालाई प्राप्त गर्न सबै नेता कार्यकर्ता सकृय रुपमा अघि बढ्न सबैमा आग्रह गरेकी थिईन।
बहुलजाती बहुभाषिक र बिबिधता रहेको राष्ट्रमा एकल जाती र भाषिक किसिमको राज्यको चरित्र हुनुहुदैन भन्दै आफ्नो भनाईमा लिम्बुवान किराँत खुम्बुवान प्रदेश-१को नामाङ्कन नभए शसस्त्र ढङ्गमा आन्दोलनमा उत्रने बताईन त्यस्तै प्रान्तिय प्रमुख सल्लाहाकार अमर राईले आफु लिम्बुवान आन्दोलनको पुरानो नेता भएको र अहिले ८६ बर्षको उमेर हुदा सम्म लिम्बुवान आन्दोलनका केही मुद्दा प्राप्त भएपनी पुर्ण रुपमा प्राप्त गर्न असमर्थ भएको दुख व्यक्त गर्दै अबको आन्दोलन युवा नेत्रुत्वमा हुनुपर्ने र नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिएका थिए।
बिशेष अथिती केन्द्रिय नेता बलनाथ नाल्वो, अथितिहरु शुर्य याक्पाङ्देन शेर बहादुर पतङ्वा, कविराज शेर्मा, लिला राई, बिरेन्द्र याख्थुम्बा, मन कुमार थलङ, बिकाश मगर मिहाङ लिम्बुले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्याहरु लाई शुभकाना मन्तव्य सहित आ-आफ्ना भनाई राखेका थिए । सो कार्यक्रममा आथितियहरुमा LV सिनियर कमाण्डर तथा प्रान्तिय सद्स्य बसन्तराज शुब्बा, LV उपकमाण्डरहरु क्रमश:नवराज राई,मेण्डम मेन्याङ्बो,कमल सदस्य भिम लावती, हर्क साउदेन.कमल वडा न.१ कार्यबहाक अध्यक्ष छत्र साउदेन वड-न.दुई अध्यक्ष भिम कार्की, वडा-३-उपाध्यक्ष नगेन्द्र मावो, वडा-४ का अध्यक्ष गगन लावती लगाउअत उपस्थिती रहेका थिए ।
उक्त कार्यक्रममा स्वागत मन्तब्य इन्द्र सदेम्बाले राखेका थिए भने कार्यक्रमको सञ्चालन कमल गाउँपालिका सचिव बिजेन्द्र मेन्याङ्बोले गरेका थिए । अन्त्यमा सभापती अमर मावोहाङ लिम्बुले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पुर्ण सहयोगी र हल उपलब्ध गराउनुहुने प्रान्तीय सदस्य पतङ्वा र विशेष भुमिका निभाउने सदस्य कबिन्द्र शेर्मा लगायत सबैलाई धन्यबाद दिदै पार्टिले उठाएको एजेण्डामा शसक्त भई अघि बढ्नलाई स्थानिय कमिटी चलाएमान हुनुपर्ने बताउदै नव गठित कमिटिलाई बधाई दिदै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए